गल्छी गाउँपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

गल्छी, धादिङ – ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गल्छी गाउँपालिकामा विशेष कार्यक्रम सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक सहभागिता रह्यो।

__________ बिज्ञापन____________

उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङतान लामाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा रहनुभएको थियो भने विशेष अतिथि गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारी हुनुहुन्थ्यो। कार्यक्रममा गल्छी गाउँपालिकाका सम्पूर्ण सहकारीका प्रतिनिधि एवं सहकारी सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहकारी क्षेत्रको विकास, सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व तथा सुशासनको आवश्यकता, सहकारीहरूलाई मर्यादित रूपमा सञ्चालन गर्ने उपायहरू तथा समुन्नत समाज निर्माणमा सहकारीको भूमिकाबारे व्यापक छलफल गरियो।

कार्यक्रमको दौरान सहकारी संस्थाहरूले आफ्नो अनुभव तथा कार्यप्रगति प्रस्तुत गर्दै आगामी दिनहरूमा सहकारी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

सम्पूर्ण सहकारीका सदस्य एवं पदाधिकारीहरूले बैरेनी बजारदेखि गाउँपालिका भवनसम्म आफ्नो ब्यानर सहित र्याली निकालेका थिए। समारोह गल्छी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर