धादिङ अस्पतालमा पहिलोपटक अति विशिष्टीकृत स्वास्थ्य शिविर, ४२ जनाले सेवा लिए

धादिङ अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको अति विशिष्टीकृत स्वास्थ्य शिविरमा ४२ जना सेवाग्राहीले सेवा लिएका छन्। जिल्लामा सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध नभएको अवस्थामा विशेषज्ञ डाक्टरहरूलाई आमन्त्रण गरेर शिविर सञ्चालन गरिएको अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयो।

__________ बिज्ञापन____________

शिविरमार्फत पेट, आन्द्रा तथा कलेजोसम्बन्धी विशेषज्ञ सेवा अन्तर्गत २६ जना बिरामीको परीक्षण तथा उपचार गरिएको थियो। यस्तै, वालरोग विशेषज्ञ सर्जरी सेवा अन्तर्गत ७ जना र मस्तिष्क तथा मेरुदण्डसम्बन्धी विशेषज्ञ सर्जरी सेवा अन्तर्गत ९ जना बिरामीले सेवा लिएका थिए।

शिविरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ सर्जन डा. जयन्त शाह (Gastro Surgeon), वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन डा. दिनेश कोइराला (Pediatric Surgeon) तथा वीर अस्पतालका वरिष्ठ मस्तिष्क तथा मेरुदण्ड रोग विशेषज्ञ सर्जन डा. प्रनभ रेग्मी (Neurosurgeon)ले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

धादिङ जिल्लाका बासिन्दाले जिल्लामै विशेषज्ञ सेवा पाउनु सकारात्मक पक्ष भएको भन्दै सेवा लिनेहरू खुसी देखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर