पाँचौं एनभीए अवार्डमा धादिङकी लक्ष्मी शाक्यलाई ‘वर्षको उत्कृष्ट खेलकुद पत्रकार’ सम्मान 

काठमाडौं, चैत ३०- नेपाल भलिबल संघ (एनभीए) द्वारा आयोजित पाँचौं एनभीए अवार्ड २०८१ मा मेरोखेल डटकमकी सह-सम्पादक लक्ष्मी शाक्यलाई वर्षको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार प्रदान गरिएको छ। धादिङ जिल्लाकी शाक्यले नेपाली खेलकुद पत्रकारितामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।

__________ बिज्ञापन____________

उत्कृष्ट लेखनशैली, तथ्यगत रिपोर्टिङ तथा खेलकुद क्षेत्रको आवाज बुलन्द पार्न गरेको प्रयासका कारण शाक्य विगत केही वर्षदेखि खेलकुद पत्रकारिताको क्षेत्रमै परिचित नाम बनिसकेकी छन्।

सम्मान कार्यक्रममा नेपाल भलिबल संघका पदाधिकारी, राष्ट्रिय खेलाडी, प्रशिक्षक, पत्रकार र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। शक्यलाई पुरस्कार स्वरूप सम्मानपत्र तथा नगद ५० हजार रुपैयाँ समेत प्रदान गरिएको थियो।

शाक्यले पुरस्कार ग्रहण गर्दै भनिन्, “यो सम्मानले मलाई अझ बढी जिम्मेवारी साथ खेलकुद पत्रकारितामा लाग्न प्रेरणा मिलेको छ। महिला पत्रकारका लागि यस्तो सम्मानले थप साहस र ऊर्जा समेत प्रदान गर्नेछ।”

यो सम्मानले न केवल शाक्यको व्यक्तिगत उपलब्धिलाई उजागर गरेको छ, बरु धादिङ जिल्लाको सम्भावनाशील प्रतिभा र महिला सहभागिताको राष्ट्रिय स्तरमा समेत पहिचान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर