चैत मसान्तसम्म सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेः सूचना प्रविधि मन्त्री गुरूङ

काठमाडौँ – संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तभित्र नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्रदायकहरूले दर्ता नगरेमा ती प्लेटफर्महरू बन्द गरिने चेतावनी दिनुभएको छ।

__________ बिज्ञापन____________

‘हामीले मेटा (फेसबुक) लाई दर्ता गर्न सूचित गरेको दुई महिना बितिसकेको छ,’ मन्त्री गुरूङले स्पष्ट पार्नुभयो, ‘तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। चैत मसान्तसम्म पनि दर्ता नभएमा बन्दको बाटोमा जानु हाम्रो बाध्यता हुनेछ।’

सरकारको यो अडान अन्तिम रहेको उल्लेख गर्दै उहाँले केही दिनमै फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जाल बन्द हुने सम्भावना प्रबल रहेको बताउनुभयो। ‘आज र भोलिमै दर्ता प्रक्रिया पुरा हुने सम्भावना नदेखिएको अवस्थामा, आगामी दिनमा फेसबुक बन्द हुनु निश्चित जस्तै हो,’ उहाँले भन्नुभयो।

मन्त्री गुरूङले नेपालजस्तो सार्वभौम देशलाई बेवास्ता गर्दै सामाजिक सञ्जाल प्रदायकहरूले देखाएको व्यवहार आपत्तिजनक भएको पनि टिप्पणी गर्नुभयो। ‘हाम्रो कानुन र सार्वभौमिकता अपहेलना गर्दै यस्तो ढिलासुस्ती गर्नु अस्वीकार्य छ,’ उहाँको भनाइ छ।

नेपाल सरकारले हालै ल्याएको डिजिटल मिडिया तथा सामाजिक सञ्जाल नियमनसम्बन्धी नीति कार्यान्वयनको क्रममा यो कदम चालेको हो। सरकारले सबै सामाजिक सञ्जाल प्रदायकलाई नेपालमा कार्यालय दर्ता गर्न, कर तिर्न, र कानुनी जवाफदेही बन्न अनुरोध गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर