“गल्छी गाउँपालिकामा नौंमति बाजा तालिम : सांस्कृतिक संरक्षण र सामाजिक सशक्तीकरणमा टेवा”

गल्छी, धादिङ । गल्छी गाउँपालिकाको आयोजनामा नौंमति बाजा तालिमले हराउँदै गइरहेको परम्परागत सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण टेवा पु‍र्‍याएको छ। दुई महिना सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भरिका विभिन्न वडाबाट ४० जना सहभागीहरूले नौंमति बाजाको अभ्यास छाङ्गेश्वर महादेव मन्दिर परिसर र अमलेश्वर महादेव मन्दिर परिसरमा गर्दै आएका छन्।

__________ बिज्ञापन____________

 

दमाहा, झ्याली, सनई, नकरा, पिहँ लगायतका बाजाहरूको आधारभूत संरचना, ताल, लय र व्यवहारिक अभ्यासमा केन्द्रित तालिममा प्रशिक्षक दिपक खतिवडाले र सुरज कुँवरले प्रशिक्षण दिदै आएका छन्। विगत १८ वर्षदेखि परम्परागत बाजासँग संलग्न खतिवडाका अनुसार, “नौंमति बाजा केवल बाजा होइन, हाम्रो पहिचान हो। यो तालिमबाट सहभागीहरूमा संस्कृतिप्रति चासो र सम्मान जागेको देख्दा निकै हर्ष लागेको छ।”

तालिममा महिला सहभागिता पनि उल्लेखनीय रह्यो। सहभागी मध्य वडा नं ७ का वडासदस्य समेत रहेका फूलमाया महर्जनका अनुसार “पहिलोचोटि हातले पिहँ समाउँदा डर लाग्यो, तर अहिले मलाई ताल मिलाएर बजाउन आउँछ। अब गाउँमा चाडपर्वमा आफैं बजाउन सक्छु भन्ने आत्मविश्वास आएको छ।”

गल्छी गाउँपालिकाले यस्ता तालिमहरूले तीन प्रमुख क्षेत्रमा योगदान दिने बताएको छ:

 

१. सांस्कृतिक संरक्षण: पुरातन परम्परागत बाजाको अभ्यासलाई पुनर्जीवित गर्दै पहिचान र इतिहास बचाउन मद्दत पुग्ने।

२. आर्थिक अवसर सिर्जना: तालिमबाट सीप प्राप्त गरेका व्यक्तिहरू विवाह, जात्रा, पूजाआजा लगायतका अवसरमा बाजा बजाउने अवसरबाट आम्दानी गर्न सक्षम हुने।

३. सामाजिक समावेशिता र सशक्तीकरण: तालिममा महिला, युवा, तथा विभिन्न जातीय समुदायहरूको सहभागिता बढेसँगै सामाजिक एकता र आत्मबलमा वृद्धि हुने।

 

गाउँपालिका अध्यक्षले सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। “हामीले हाम्रो संस्कृति बचाउने हो भने गाउँ–गाउँमा यस्ता सीप केन्द्रित कार्यक्रम आवश्यक छन्,” अध्यक्षले बताए।

 

सांस्कृतिक पुनर्जागरणको दिशामा एउटा सशक्त कदमको रूपमा यस तालिमले गल्छी गाउँपालिकालाई आफ्नो मौलिकता जोगाउन मात्र होइन, समुदायमा सकारात्मक परिवर्तन ल्याउन समेत मद्दत पुर्‍याएको छ।

सहभागी देवकी श्रेष्ठसंग गरिएको कुराकानीको आधारमा

नाम र ठेगाना:
म मेरो नाम देवकी श्रेष्ठ हो। म गल्छी गाउँपालिका वडा नं. ७ की स्थायी बासिन्दा हुँ।

तालिममा सहभागिता कसरी भयो?
नौंमति बाजा हाम्रो सांस्कृतिक सम्पदा हो भन्ने कुरा बुझेर गाउँपालिकाको यो तालिममा सहभागी हुने इच्छा भयो। वडाबाट सिफारिस भएर तालिममा सहभागी हुन पाएँ।

कुन बाजा सिक्नुभयो?
मैले पिहँ, झ्याली र सनईको आधारभूत बजाउने तरिका सिकें अझै तालिम अवधि १ महिना बाँकी छ त्यो‌ समय सम्म सबै किसिमको बाजा बजाउन‌ सिक्ने छु ।

पहिले अनुभव थियो?
पहिले कहिले पनि आफैंले बजाएको थिइनँ, तर चाडपर्वमा बाजा बजेको हेर्ने गर्थें।

सिकाइ अनुभव:
सुरुमा गाह्रो लाग्यो, तर प्रशिक्षकहरूले राम्ररी सिकाउनुभयो। अहिले बेसिक तालमा बाजा बजाउन सक्छु।

उपयोगिता:
यो तालिम निकै उपयोगी भयो। नौंमति बजा सिकेपछि सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सकिन्छ, अरूलाई पनि सिकाउन सकिन्छ।

भविष्य योजना:
आफ्नो समुदायमा परम्परागत बाजा संरक्षण गर्न र चाडपर्वमा बजाउन प्रयोग गर्ने सोच छ।

प्रशिक्षक दिपक खतिवडा संग गरिएको कुराकानीको आधारमा 

नाम र अनुभव:
म दिपक खतिवडा। म विगत १८ वर्षदेखि परम्परागत बाजासँग जोडिएको छु। नौंमति बाजामा म झ्याली, दमाहा, सनई लगायत सबैमा अभ्यास गर्छु।

तालिम अनुभव:
गल्छी गाउँपालिकामा सञ्चालन भएको यो तालिम निकै सकारात्मक रह्यो। सहभागीहरू सिक्न इच्छुक थिए। महिला सहभागिता विशेष उल्लेखनीय रह्यो।

सहभागीहरूको प्रतिक्रिया:
प्रायः सहभागीहरू पहिलोपटक बाजा समाइरहेका थिए। तर, निरन्तर अभ्यासपछि आधारभूत ताल समाउन सफल भए।

चुनौतीहरू:
सुरुमा ताल र स्वर समाउन अलिक कठिन भयो। तर समर्पण भाव देखिएकाले समाधान भयो।

संस्कृति संरक्षणको दृष्टिकोण:
नौंमति बाजा नेपाली सांस्कृतिक सम्पदा हो। यस्ता तालिमहरूले यो लोपोन्मुख परम्परालाई बचाउन ठुलो योगदान दिन्छन्।

सन्देश:
गाउँपालिका, विद्यालय, समाजसेवी संस्थाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ। नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नु आवश्यक छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास