शिक्षा विधेयक संसदमा टेबुल होस्, शिक्षक आन्दोलन जायज – अनेरास्ववियू

गल्छी खबर – गल्छी, धादिङ

__________ बिज्ञापन____________

सरकारी विद्यालयका दशौं हजार शिक्षकहरू दुई सातादेखि सडकमा उत्रिएर जारी राखेको आन्दोलनप्रति अनेरास्ववियू केन्द्रीय कमिटीले ऐक्यबद्धता जनाएको छ। अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष कल्याण दहालले गल्छी खबरसँगको कुराकानीमा शिक्षा विधेयक संसदमा यथाशीघ्र टेबुल गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन्।

उनका अनुसार निजी विद्यालयहरूले धमाधम भर्ना सकाएर नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन गरिसके पनि सरकारी विद्यालयहरू शिक्षक आन्दोलनका कारण ठप्प छन्। “सरकार न आन्दोलनलाई गम्भीरतापूर्वक लिन्छ, न शिक्षकका जायज माग सम्बोधन गर्न अग्रसर देखिन्छ,” उनले भने।

दहालले शिक्षा विधेयकमा शिक्षकका मुद्दा समेटिनु अनिवार्य भएको बताए। “सरकारका प्रधानमन्त्री आफैँ निजी विद्यालयको कार्यक्रममा गई निजीकरण पक्षधर अभिव्यक्ति दिनु, गुठी संस्थान अन्तर्गत निजी विद्यालय सञ्चालनको प्रस्तावको विरोधमा भाषण गर्नु नै विधेयक संसदमा टेबुल हुन नसक्नुको मुख्य कारण हो,” उनले भने।

उनले प्रधानमन्त्रीलाई निजीकरणको दलाल माफियाको पक्षमा उभिएको आरोप लगाउँदै शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाए। “शिक्षा समाजवाद निर्माणको आधार हो। त्यसैले कुनै पनि शैक्षिक माफियालाई पोस्ने ढंगमा नभई, शिक्षालाई निःशुल्क र सर्वसुलभ बनाउने गरी शिक्षा विधेयक ल्याउनुपर्छ,” उपाध्यक्ष दहालले स्पष्ट पारे।

उनले आन्दोलनरत शिक्षकका सबै न्यायोचित मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई चुनौती दिँदै सरकारको उपेक्षापूर्ण रवैयाको तीव्र आलोचना गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर