काठमाडौं, १७ अप्रिल २०२५ — नेपालमा गणतन्त्रको स्थायित्वमाथि गम्भीर चुनौतीहरू देखा परेका छन्। राजावादी शक्तिहरूको पुनः सक्रियता, राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, प्रमुख दलहरु प्रतिकाे विकर्षण र संघीय संरचनाप्रति बढ्दो असन्तुष्टिले देशको लोकतान्त्रिक आधारहरू कमजोर पार्ने खतरा बढेको छ।
राजावादी र गणतन्त्रवादी प्रदर्शनहरू
मार्च २८, २०२५ मा काठमाडौंमा राजावादी र गणतन्त्रवादी शक्तिहरूले पृथक प्रदर्शनहरू आयोजना गरे। गृह मन्त्रालयका अनुसार, करिब ४,००० जना राजावादी प्रदर्शनमा सहभागी भए, जबकि करिब ३५,००० जनाले गणतन्त्रको समर्थनमा प्रदर्शन गरे। राजावादी प्रदर्शन हिंसात्मक बन्दै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमणमा परिणत भयो, जसमा दुई जनाको मृत्यु र थुप्रै घाइते भए।
राजावादी शक्तिहरूको एकता र विदेशी समर्थन
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै पन्चहरु पुर्उत्थानवादी र राजावादी शक्तिहरू एकजुट हुँदै देशव्यापी आन्दोलनको तयारीमा छन्। रिपोर्टहरू अनुसार, भारतीय सत्तारूढ दल र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजावादीहरूलाई राजनीतिक, आर्थिक, र सम्भावित सैन्य समर्थन (RSS)प्रदान गरिरहेका छन्।
गणतन्त्रवादीहरूको प्रतिक्रिया र आन्तरिक विभाजन
गणतन्त्रवादी शक्तिहरू, विशेषतः समाजवादी मोर्चा, राजावादी गतिविधिहरूको विरोधमा सक्रिय छन्। तथापि, प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) भित्रै गणतन्त्रप्रति प्रतिबद्धता र राजावादी झुकावबीचको विभाजन स्पष्ट देखिन्छ। स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहजस्ता पात्रहरु धमिलो पानीमा माछा मार्दै परम्परागत दलहरू र वर्तमान राजनीतिक प्रणालीमाथि प्रश्न उठाइरहेका छन्।
गणतन्त्रको भविष्य
सन २००६ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापना भए पनि देश विकासमा अगाडि बढ्न नसक्दा हालको राजनीतिक अस्थिरता, राजावादी पुनःउत्थान, र विदेशी हस्तक्षेपले यसको भविष्यप्रति प्रश्न उठाएका छन्। गणतन्त्रको संरक्षण र सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको एकता, जनताको जागरूकता, र विदेशी हस्तक्षेपविरुद्धको सतर्कता आवश्यक देखिन्छ। दलहरु पनि सच्चिनु पर्ने छ।
✍️ प्रमेश पोखरेल