नेपाल खेलकुद महासंघ समाजवादीले खेलकुद क्षेत्रको विकासका लागि ८ बुँदे माग पेश

हेटौंडा, २०७८ वैशाख ४ – नेपाल खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारसमक्ष खेलकुद क्षेत्रको विकास तथा बेथिति अन्त्यका लागि आठ बुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ। युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्रीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा खेलाडीहरूको जीवनयापन, रोजगारी, पूर्वाधार र सम्मानजनक व्यवस्थाको सुनिश्चितताका लागि आग्रह गरिएको छ।

__________ बिज्ञापन____________

 

महासंघका अनुसार हाल खेलकुदकर्मीहरू अस्थायीता, बेरोजगारी, प्रशिक्षणको अभाव र सीमित अवसरका कारण समस्यामा छन्। यस अवस्थालाई सम्बोधन गर्न विभिन्न कार्यक्रम र संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको हो।

 

ज्ञापनपत्रमा समावेश प्रमुख मागहरू यसप्रकार छन्:

 

१. प्रत्येक जिल्लामा रङ्गशाला निर्माणका लागि बजेट व्यवस्था।

२. निर्वाचन क्षेत्रगत बहुउद्देश्यीय कभर्ड हल निर्माण।

३. प्रत्येक तहमा खेल प्रतियोगिता तथा मैदान निर्माण।

४. सरकारी, निजी तथा स्थानीय तहका विद्यालयहरूमा खेल प्रशिक्षकको नियुक्ति।

५. स्थानीय गाउपालिकामा खेल संरचना निर्माणको लागि DPR।

६. गौरिगञ्ज खेल मैदानलाई प्रदेशस्तरीय एकेडेमीको रूपमा विकास।

७. तीनतले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनमा निर्माण।

८. खेलाडीहरूका लागि जीवन बीमा, स्वास्थ्य बीमा तथा वार्षिक बजेटको ५% हिस्सा छुट्याउने व्यवस्था।

 

महासंघका अध्यक्ष अर्जुनभक्त राई र महासचिव अनिल कुमार रिजालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा, बागमती प्रदेशको समग्र खेल विकासका लागि दीर्घकालीन रणनीति सहितको नीति निर्माणमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास