ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

गल्छी गाउँपालिका–४ स्थित ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा बैरेनी सव डिभिजन वन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र बैरेनी सव डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेम चन्द्र महतोको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ८५ जना उपस्थिति थिए।

__________ बिज्ञापन____________

सभाले प्रेम रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साथै, सामुदायिक वन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले केही महत्वपूर्ण निर्णयहरू पनि पारित गरिएको छ।

निर्णयहरू यस प्रकार छन्:
१) वन संरक्षणका लागि नियमित अनुगमन गर्न अनुगमन समिति चयन गर्ने।
२) लेखा पारदर्शिता सुनिश्चित गर्न लेखा समिति चयन गर्ने।
३) सामुदायिक वनको कार्ययोजना नविकरण गर्ने।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष राजु अधिकारीले सामुदायिक वनले स्थानीय जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताए। उनले वडास्तरबाट आवश्यक सहयोग गर्न आफु सधैँ तयार रहेको प्रतिबद्धता पनि जनाए।

त्यसैगरी, विशेष अतिथि तथा प्रमुख वन अधिकृत हेम चन्द्र महतोले सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता र सहभागिताको खाँचो औँल्याउँदै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा समुदायको भूमिका अहम् रहेको बताए। उनले वन माफियाविरुद्ध कडा निगरानी गर्न समूहलाई आग्रह गर्दै अनियमित क्रियाकलापविरुद्ध विभाग सदैव साथमा रहने विश्वास दिलाए।

कार्यक्रममा सहभागी सदस्यहरूले वन स्रोतको दिगो उपयोग, घाँसदाउरा संकलनमा सन्तुलन र वन अतिक्रमणविरुद्ध सचेतना फैलाउने विषयमा समेत सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास