धादिङमा एक पुरुषको शव फेला

धादिङ, बैशाख १२ – धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित प्लटिङ क्षेत्र अगाडि रहेको नालीमा बिहीबार बिहान एक पुरुषको शव फेला परेको छ।

__________ बिज्ञापन____________

बिहान करिब ७:३० बजेको समयमा स्थानीयले शव देखेपछि जिल्ला प्रहरी कार्यालय धादिङलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी निरीक्षक सुवास हमालको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार मृतक रुबीभ्याली गाउँपालिका–४ बोराङ घर भएका अन्दाजी ४८–५० वर्षका सुक बहादुर तामाङको मृत्युको कारण खुल्न सकेको छैन्।

प्रारम्भिक अनुसन्धानपश्चात् शवको कानुनी प्रकृया (मुचुल्का) पूरा गरी पोष्टमार्टमका लागि धादिङ जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर