‘मेरो कामले पोलिएको हो, ममाथि आक्रमण राष्ट्रविरोधीहरूको काम’ – उपमेयर सुनिता डंगोल

स्टन्ट गरेर मात्र देश बन्दैन भन्दै उपमेयर डंगोलले मेयर बालेन शाह प्रति तिखो प्रहार गरेकी छिन्।

काठमाडौं, वैशाख १२ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले आफूमाथि भइरहेका आलोचना र आक्रमणहरूलाई राष्ट्रविरोधी तत्त्वहरूको नियोजित प्रयासको संज्ञा दिएकी छन्।

__________ बिज्ञापन____________

बिहीबार राजधानीमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै डङ्गोलले आफू इमानदार ढंगले राष्ट्र र जनताका लागि काम गरिरहेकै कारण केही तत्वहरू असह्य बनेको आरोप लगाइन्।

“कुनै पनि दिन, बार वा चाडपर्व नभनी जनता र राष्ट्रका लागि इमानदारीपूर्वक काम गरिरहेको छु,” उनले भनिन्, “मेरो कामको प्रभाव मुलुकभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि देखिन थालेको छ। संसारका विभिन्न देश र सरकारले काठमाडौंको अनुभव साट्न निमन्त्रणा गर्न थालेका छन्।”

उनले आफू ‘योग ग्लोबल लिडर’ मा चयन हुनु देशकै लागि गर्वको विषय भएको उल्लेख गर्दै भनिन्, “यो मेरो व्यक्तिगत मात्र होइन, देश र युवाको उपलब्धि हो। यही उपलब्धिले धेरैलाई पोल्यो र त्यसपछि निरन्तर जथाभावी आक्रमण प्रयास भइरहेका छन्।”

डङ्गोलले राष्ट्रको विकास नचाहने र काम गरेर देखाउनेहरूलाई हेर्न नसक्नेहरूको कारण यस्तो अवस्था आएको बताउँदै भनिन्, “राष्ट्रविरोधी तत्त्वहरू सल्बलाइरहेका छन्, तर मेरो कामले नेपालको नाम विश्वभर उच्च राख्न सफल भएको छ।”

उनले यस्ता प्रयासहरूबाट विचलित नभई अझ दृढताका साथ राष्ट्र निर्माणमा लागि रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर