ट्राफिक लाइटमा गाडी रोकिनासाथ चढेर चोरी गर्दै आएका मामाभान्जा पक्राउ

काठमाडौं, कालिमाटी – विगत १० वर्षदेखि राजधानीका विभिन्न स्थानमा गाडी पछ्याउँदै चोरी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सामान लोड गरिएका गाडी तथा पिकअप भ्यानको पछाडि चढेर चोरी गर्ने कार्यमा संलग्न ती दुई जना मामाभान्जालाई प्रहरी वृत्त कालिमाटीको टोलीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो।

__________ बिज्ञापन____________

प्रहरीका अनुसार ती व्यक्तिहरू विशेषगरी चामल, तेल, दाल, बिस्कुट, सुकुमेल, ल्वाङलगायतका उपभोग्य वस्तु बोकेको गाडीहरू पछ्याउँथे। स्कूटी र मोटरसाइकलको प्रयोग गर्दै गाडीको पिछा गर्ने र ट्राफिक लाइटमा गाडी रोकिने बित्तिकै पछाडि चढेर सामान चोरी गर्ने उनीहरूको शैली रहेको खुल्न आएको छ।

अनुसन्धानका क्रममा उनीहरू विगत दशकदेखि यही तरिकाले चोरी गर्दै आएको र उनीहरूले प्रयोग गरेका सवारी साधनहरू समेत चोरीकै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कालिमाटी वृत्तका प्रमुखले जानकारी दिएका छन्।

प्रहरीले महानगर क्षेत्रमा भइरहेका यस्ता गिरोह नियन्त्रित गर्न थप सतर्कता अपनाइएको पनि बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर