फार्मेसी पेशाको सुरक्षार्थ श्रमिक दिवसमा वृहत आन्दोलन, माइतीघर मण्डलामा उपस्थितिको आह्वान

काठमाडौं, वैशाख १३। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फार्मेसी पेशामा आबद्ध सम्पूर्ण विज्ञ तथा सहकर्मीहरूलाई पेशाको सुरक्षा र हक–हितको पक्षमा एकजुट हुन आह्वान गरिएको छ। फार्मेसी क्षेत्रका सरोकारवालाहरूले मे १ (वैशाख १८) गते माइतीघर मण्डलामा हुने वृहत आन्दोलनमा सहभागिता जनाउन अपील गरेका छन्।

__________ बिज्ञापन____________

 

फार्मिष्ट कृष्ण पोखरेलका अनुसार फार्मेसी पेशा लामो समयदेखि उपेक्षित र असमान व्यवहारको शिकार हुँदै आएको छ। पेशागत मर्यादा, संरचना र सम्मान स्थापित गर्न आन्दोलन अपरिहार्य भएको उनीहरूको भनाइ छ।

 

उनीहरूले अघि सारेका प्रमुख ११ मागहरू यस्ता छन्:

 

१. प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना फार्मासिष्टको स्थायी दरबन्दी सुनिश्चित गरिनु पर्ने।

२. प्रत्येक वडास्तरीय स्वास्थ्य संस्थामा फार्मेसी सहायकको अनिवार्य दरबन्दी कायम गरिनु पर्ने।

३. सरकारी, निजी तथा सामुदायिक फार्मेसीहरूमा कार्यरत फार्मासिष्ट र सहायकलाई सातौँ र पाँचौँ स्वास्थ्य सेवा समूहको श्रेणी अनुसार पारिश्रमिक दिनुपर्ने।

४. कार्य समय (ड्युटी आवर) अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तोकिनुपर्ने।

५. फार्मासिष्ट तथा सहायक फार्मासिष्ट विना सञ्चालित सबै औषधि पसलहरू तत्काल बन्द गरिनुपर्ने।

६. संघीय ढाँचाअनुसार औषधि व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधि प्रयोगशाला (NML) सातै प्रदेशमा स्थापना गरिनुपर्ने।

७. केन्द्र तथा प्रदेश लोकसेवा आयोगद्वारा विज्ञापन गरी करारमा नियुक्त जनशक्ति हटाएर योग्य जनशक्ति नियुक्त गरिनुपर्ने।

८. खाद्यपूरक वस्तुहरूको गुणस्तरमा कडाइ गरिनुका साथै अनावश्यक बिक्री–वितरणमा रोक लगाइनुपर्ने।

९. नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडका उत्पादनहरू सबै सरकारी अस्पताल र स्वास्थ्य बीमा प्रणालीमा अनिवार्य रूपमा समावेश गरिनुपर्ने।

१०. औषधि बजार अनुगमन तथा गुणस्तर जाँचका लागि आवश्यक जनशक्ति औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालामा थप गरिनुपर्ने।

११. नेपाल फार्मेसी परिषदले वार्षिक कार्यतालिका बनाएर परीक्षा, पाठ्यक्रम, पूर्वाधार र शिक्षण गुणस्तर सुनिश्चित गर्नुपर्ने।

 

फार्मिष्ट मिशन बस्कोटाका अनुसार साझा रूपमा अगुवाइ गरिएको यो आन्दोलनले राज्यका सम्बद्ध निकायहरूको ध्यान आकृष्ट गराउने अपेक्षा गरिएको छ।

 

संगठकहरूले सबै फार्मेसी पेशाकर्मीहरूलाई पेशा र अधिकारको रक्षाका निम्ति माइतीघरमा उपस्थित भइ आवाज बुलन्द गर्न पुनः हार्दिक अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास