प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने

काठमाडौं, १३ बैशाख। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना हुने भएको छ। प्रतियोगिताको मुख्य आयोजना राष्ट्रिय सहकारी महासंघले गर्नेछ भने प्रमुख प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ। प्राविधिक सहयोग भने नेपाल बुद्धिचाल महासंघले प्रदान गरेको छ।

__________ बिज्ञापन____________

 

यसअघि सम्पन्न पहिलो संस्करणमा युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए। उक्त प्रतियोगितामा १११ जना खेलाडीको सहभागिता रहेको थियो भने यस पटक १५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

 

यो संस्करणमा पुरस्कार राशि समेत उल्लेख्य वृद्धि गरिएको छ। प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा प्राप्त गर्नेछन्। दोस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँ नगद र ७ लाख रुपैयाँको बीमा सुविधा तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्षे बीमा सुविधा पाउनेछन्।

 

त्यस्तै, उत्कृष्ट १० स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट तीन जना महिला खेलाडीलाई पनि पुरस्कार दिइनेछ — पहिलो हुनेलाई ७ हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

 

यस अतिरिक्त, प्रतियोगितामा उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नवप्रवेशी अनरेटेड खेलाडी, उत्कृष्ट यू–१६ (१६ वर्षमुनी) र यू–१८ (१८ वर्षमुनी) खेलाडी, उत्कृष्ट सहकारी क्षेत्रका खेलाडी तथा उत्कृष्ट बीमा क्षेत्रका खेलाडीहरूलाई समेत विशेष नगद पुरस्कार प्रदान गरिनेछ।

 

प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार स्पर्धा नौ चरणमा सम्पन्न हुनेछ। प्रत्येक खेलका लागि १५ मिनेट समयसहित प्रति चाल १० सेकेण्ड इन्क्रिमेन्ट समय निर्धारण गरिएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

 

राष्ट्रिय सहकारी महासंघले सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवर्द्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलमार्फत सकारात्मक योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास