गल्छीमा बाल अधिकार विषयक कविता प्रतियोगिता हुँदै

गल्छी, वैशाख ५ – बालबालिकाको अधिकारको संरक्षण र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बालमैत्री स्थानीय शासनको अवधारणाअनुरूप स्थापित बालबालिका साझा मञ्च गल्छी तथा गल्छी बाल समूह संजालको संयुक्त आयोजनामा गल्छी गाउँपालिका स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ।

__________ बिज्ञापन____________

“शब्द शब्दले बोल्नेछन् बालबालिकाको आवाज” भन्ने मूल नारासहितको कार्यक्रम आगामी २०८२ साल वैशाख २७ गते शनिबार, बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन गरिनेछ। प्रतियोगिताको मूल विषय बाल अधिकार रहेको छ।

कार्यक्रममा गल्छी गाउँपालिकाभित्रका १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्नेछन्। प्रत्येक वडाबाट एक जना बालक र एक जना बालिका गरी दुई जनाले अनिवार्य सहभागिता जनाउनु पर्नेछ।

प्रतियोगिताका लागि कविता नेपाली भाषामा देवनागरी लिपिमा लेखिएको हुनुपर्नेछ। कविता कम्तीमा ३० शब्ददेखि बढीमा २०० शब्दसम्मको हुनुपर्ने छ। साहित्यिक चोरी पूर्ण रूपमा अस्वीकृत गरिनेछ भने निर्णय प्रक्रिया पारदर्शी हुने र निर्णायकको निर्णय अन्तिम मानिने आयोजकले जनाएका छन्।

बालबालिकाको सशक्तिकरण र सिर्जनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताबाट सशक्त र सचेत बाल आवाजलाई अघि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर