निजी क्षेत्रमा सेवा पश्चात शिक्षिका मिनु शिवाकोटीलाई अवकाशमा २० लाखसहित सम्मान

झापा, वैशाख ५ – निजी विद्यालयबाट अवकाश लिँदा शिक्षिका मिनु शिवाकोटीलाई २० लाख रुपैयाँसहित सम्मान गरिएको छ। झापास्थित न्युटन एजुकेसन एकेडेमीले २१ वर्षसम्म निरन्तर अध्यापन गराउँदै आएको योगदानको कदर गर्दै शिक्षिका शिवाकोटीलाई यो रकमसहित औपचारिक रूपमा बिदाई गरेको हो।

__________ बिज्ञापन____________

शिवाकोटीले एउटै निजी विद्यालयमा निरन्तर काम गर्दै शिक्षण पेशामा समर्पित भूमिका निर्वाह गरेकी थिइन्। विद्यालयले आयोजना गरेको एक सम्मान समारोहमा उनलाई नगद २० लाख रुपैयाँसहित अभिनन्दन गरिएको छ। यो कार्यलाई निजी विद्यालय क्षेत्रमा अभूतपूर्व पहलका रूपमा हेरिएको छ।

नेपालमै पहिलोपटक निजी विद्यालयका शिक्षकले अवकाशमा यति ठूलो रकमसहित सम्मान पाएको चर्चा भइरहेको छ। निजी शिक्षण क्षेत्रका श्रमिकहरूका लागि यो सम्मान उदाहरणीय कदम भएको धेरैको टिप्पणी छ।

विद्यालयका सञ्चालकद्वारा उक्त सम्मान शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान दिने व्यक्तित्वहरूलाई मूल्यांकन र प्रेरणा दिने उद्देश्यले गरिएको जनाइएको छ।

शिक्षिका शिवाकोटीको योगदानलाई संस्थागत रूपमा उच्च मूल्यांकन गर्दै गरिएको यो सम्मानले अन्य निजी विद्यालयहरूलाई पनि शिक्षकको योगदानलाई कदर गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर