गजुरी गाउँपालिकाको पहिलो पञ्चवर्षीय योजना निर्माणका लागि गोष्ठी सम्पन्न

धादिङ, गजुरी — गजुरी गाउँपालिकाले आफ्नो पहिलो पञ्चवर्षीय आवधिक विकास योजना तर्जुमा गर्न सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सोमबार सम्पन्न उक्त गोष्ठीमा गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, शैक्षिक संस्था तथा सामाजिक संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

__________ बिज्ञापन____________

गोष्ठीको उद्घाटन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले योजनाबाट गाउँपालिकाको वर्तमान अवस्था, स्रोत–साधनको प्राप्ति र परिचालन तथा सम्भावनाको विश्लेषण गरिने उल्लेख गरे। उनले भने, “संघीय तथा प्रदेश सरकारका नीति तथा उद्देश्यलाई आत्मसात् गर्दै स्रोत साधनको अधिकतम उपयोग गरी गजुरी गाउँपालिकाको समृद्धिको मार्ग प्रशस्त गरिनेछ।”

उपाध्यक्ष शर्मिला विशुरालले पूर्वाधार निर्माणसँगै उद्यमशीलताको प्रवर्द्धन आवश्यक रहेको बताउँदै गुणस्तरयुक्त सेवामार्फत जनताको जीवन सहज बनाउने खालका योजना ल्याउनु पर्नेमा जोड दिइन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतले प्रवाह गरिने सेवामा गुणस्तर वृद्धि गर्दै आधुनिक प्रविधियुक्त पूर्वाधार र स्थानीय उत्पादनमा व्यवसायिकता थप्ने खालका योजना आवश्यक रहेको बताए। उनले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक अवस्था सुधारका लागि योजनाले मार्गदर्शन गर्ने अपेक्षा व्यक्त गरे।

गोष्ठीमा वडा अध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर