गल्छी गाउँपालिकामा भवन डिजाइन तथा नक्शा बनाउने तालीम सम्पन्न

गल्छी, धादिङ । गल्छी गाउँपालिकामा स्थानीय प्राविधिक तथा योजनाकारहरूको लागि ‘भवन डिजाइन र नक्शा निर्माण’ सम्बन्धी तालिम सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

बिल्डिङ इनर्जी एफिसेन्सी इन नेपाल (BEEN) परियोजनाको सहकार्यमा आयोजित तीनदिने तालिममा गल्छी र गोसाईकुण्ड गाउँपालिका भित्रका प्राविधिक, परामर्शकर्ता, योजना शाखा प्रमुख तथा भवन निर्माणसँग सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिममा गल्छी गाउँपालिकाका ९ जना र गोसाइँकुण्ड गाँउपालिकाका‌ ६ जना प्राविधिक र परामर्शकर्ताहरुले प्रशिक्षण लिएका थिए।

तालिमको उद्देश्य भवन डिजाइनको प्राविधिक पक्ष, वातावरणमैत्री तथा दिगो संरचना निर्माण, ऊर्जा संरक्षण, स्थानीय स्रोतको उपयोगजस्ता पक्षहरूबारे व्यवहारिक जानकारी दिनु रहेको थियो।

तालिमको समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष तथा योजना प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरहरू लगायतको उपस्थिति रहेको थियो।

तालिम २०८२ साल वैशाख २१ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर