गल्छी गाउँपालिका अन्तर्गत रहेका १० वटा कवुलियति वन समूह र वन कर्मचारीसहित १५ जनाको सहभागिता रहेको अन्तर्क्रिया बैठक बैरेनी सबडिभिजन वन कार्यालयको आयोजनामा सम्पन्न भएको छ।
बैठक बैरेनी सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेमचन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। समूह सहयोगी अप्सरा पौडेल र वन रक्षक शेरबहादुर पालले कार्यक्रम सहजीकरण गरेका थिए।

अन्तर्क्रियामा सहभागीहरूले वन क्षेत्रको संरक्षण, समृद्धि तथा समूह सशक्तिकरणका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका छन्। तीमध्ये नियमित रूपमा समूह बैठक सञ्चालन गर्ने, बचत संकलनलाई प्रभावकारी बनाउने, र वन क्षेत्रभित्र आँप, लिची, अमृसो, कागती र केरा लगायतका फलफूलका बिरुवा आषाढ मसान्तभित्र रोपण गर्ने निर्णय प्रमुख छन्।
यसबाहेक बिरुवा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय, धादिङसँग आवश्यक समन्वय गरी बिरुवाको माग गर्ने निर्णय समेत गरिएको छ। बैठकले सहभागी समूहहरूबीच आपसी सहकार्य र सहमति अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।