राष्ट्रिय र्‍यापिड बुद्धिचालमा बद्रीलाल नेपाली प्रथम

३१ बैशाख, खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान, दिक्तेलद्वारा आयोजित दुई दिने खुल्ला राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगितामा ललितपुरका वरिष्ठ खेलाडी बद्रीलाल नेपाली प्रथम भएका छन्।

__________ बिज्ञापन____________

तीन पटकका पूर्व नेपाल च्याम्पियन रहेका बद्रीलालले ७ चरणको खेलमा ६ जीत र १ बराबरी खेल्दै ६.५ अंकसहित उपाधि हात पार्न सफल भए। उनले नगद रु. २५,००० पुरस्कार प्राप्त गरे। प्रतियोगितामा उनले लधुधन राई, कृष्ण गुरुङ, एफएम रुपेश जैसवाल, बेदेशरु मगर, मुहान नरसिंह श्रेष्ठ र हिमाल राईलाई पराजित गरे भने धिरेन राईसँग बराबरी खेले।

प्रतियोगिताको समग्र नतिजामा हिमाल राईले समान ५.५ अंकसहित २४.५० प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान हासिल गर्दै नगद रु. १५,००० प्राप्त गरे। तेस्रो स्थानमा रहेका धिरेन राईले २३.७५ प्रोग्रेसिभ प्वाइन्टसहित नगद रु. १०,००० पुरस्कार जिते। एफएम रुपेश जैसवाल पनि ५.५ अंकसहित २० प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे।

अन्य उत्कृष्ट प्रदर्शनकर्ताहरूमा मुहान नरसिंह श्रेष्ठ, सुमन श्रेष्ठ, प्रदीप राई र नवीन तण्डुकार (पाँचौंदेखि आठौं स्थान) तथा राजन सुवेदी (नवौं) र उमेश राई (दशौं) रहेका छन्।

विभिन्न उपाधिमा पनि खेलाडीहरू पुरस्कृत भएका छन्:

उत्कृष्ट सिनियर: चुडामणि कुलुङ राई

अनरेटेड: बेदेशरु मगर

१६ वर्षमुनि युवा: सोयब शैंजु

दिक्तेल नगरपालिका प्रथम: पदम कुमार राई

खोटाङ जिल्ला उत्कृष्ट: दयेन्द्र राई (प्रथम), कृष्ण गुरुङ (द्वितीय), खिलराज राई (तृतीय)

 

प्रतियोगिता समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

यस प्रतियोगिता दोश्रो बृहत् खोटाङ हलेसि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत सम्पन्न भएको हो, जसमा बुद्धिचालसँगै दौड प्रतियोगिता पनि समावेश गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास