लिंजोमा खर्क व्यवस्थापनसम्बन्धी पाँचदिने प्रशिक्षक तालिम सम्पन्न

धादिङ – रुविभ्याली गाउँपालिका–१, लिंजोमा सञ्चालन भएको पाँचदिने खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय, धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा सञ्चालन भएको उक्त तालिममा स्थानीय चौँरी, भेडा र बाख्रा पालक किसानहरुको सक्रिय सहभागिता रहेको थियो।

__________ बिज्ञापन____________

 

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागी किसानहरुले तालिमबाट आवश्यक सीप र ज्ञान सिकेको भन्दै आगामी दिनमा पशुपालनलाई व्यवस्थित र व्यवसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तालिमको क्रममा किसानहरुले दुईवटा भेडा फार्म र एकवटा चौँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया पनि गरेका थिए। खर्कको व्यवस्थापन, चौँरी, भेडा र बाख्रामा देखिने रोग तथा समाधान, औषधोपचार र आहार व्यवस्थापन लगायतका विषयमा गहन छलफल गरिएको थियो। तालिमको सहजीकरण डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य, उमेश घले र सुनिल सापकोटाले गर्नुभएको थियो।

 

तालिमपछि सहभागी किसानहरुको नेतृत्वमा तीनवटा समूह गठन गरिएको छ— चौँरी पालक समूह (अध्यक्ष: वि. बहादुर तामाङ), भेडा पालक समूह (अध्यक्ष: सेर बहादुर तामाङ) र बाख्रा पालक समूह (अध्यक्ष: ए. बहादुर तामाङ)।

 

क्षेत्रमा हाल झण्डै ८ हजार भेडा, ३ सय चौँरी, केही तेल्मा, १० वटा याक र १७ वटा नाक रहेको जानकारी दिँदै सहभागीहरुले यी स्रोतहरूको संरक्षण र उत्पादन वृद्धिको माध्यमबाट आर्थिक आम्दानीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

 

डिभिजन वन कार्यालयका प्रमुख आचार्यले तालिम उत्साहजनक र सहभागितामूलक भएको बताउँदै, आगामी दिनमा कृषि तथा पशुपालनसँग सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी किसानहरुको जिविकोपार्जनमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन