गल्छीमा लागूऔषध नियन्त्रण तथा सडक सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न 

गल्छी, धादिङ – जिल्ला प्रशासन कार्यालय, धादिङको आयोजनामा लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी तीनमहिने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम २०८२ जेठ ९ गते, शुक्रबार गल्छी गाउँपालिका सभाहलमा सम्पन्न भएको हो।

__________ बिज्ञापन____________

कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र शाहीले सडक दुर्घटना न्यूनीकरण तथा सचेतनासम्बन्धी विषयहरूमा जानकारी गराउँदै पछिल्लो समय सवारी साधनको चाप र लापरवाहीका कारण बढ्दो दुर्घटनाबारे प्रकाश पारे। उनले ट्राफिक नियम पालना, हेलमेट र सिट बेल्टको प्रयोग, मादक पदार्थ सेवनपछि सवारी नचलाउने लगायतका उपायहरूमार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेले लागूऔषध दुव्र्यसनको बढ्दो समस्या, त्यसका सामाजिक, मानसिक र स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराउँदै समाज र परिवारलाई जागरुक गराउनुपर्नेमा जोड दिए। उनले विशेषगरी किशोर-किशोरीहरूमा यो समस्या तीव्र भइरहेको भन्दै विद्यालय, अभिभावक र सम्पूर्ण समाज मिलेर समाधानतर्फ लाग्नुपर्ने धारणा राखे।

गल्छी गाउँपालिका अध्यक्ष श्री केदारनाथ खतिवडाले कार्यक्रममा मन्तव्य दिंदै भने, “लागूऔषध, आत्महत्या र सडक दुर्घटनाका घटनाहरू हाम्रो समाजमा गम्भीर चुनौती बनेका छन्। यसका विरुद्ध सामूहिक सचेतना र ऐक्यबद्धता आवश्यक छ। गाउँपालिकाले यस्ता अभियानहरूलाई निरन्तरता दिनेछ, विद्यालय, युवा क्लब र स्वास्थ्य संस्था सबैसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिनेछ।”

अध्यक्ष खतिवडाले स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै समुदायमा सकारात्मक व्यवहार र जीवनशैली विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, सुरक्षा निकाय र सामाजिक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। उनीहरूले यस्तो किसिमका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा समुदायस्तरमा लैजानुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमबाट निस्केका मुख्य सन्देशहरू:

लागूऔषध दुव्र्यसन समाजको गम्भीर चुनौती हो, सबै क्षेत्रको सहकार्य आवश्यक छ।

आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ।

ट्राफिक नियमको कडाइपूर्वक पालना गर्नुपर्छ, चेतनामूलक अभियान निरन्तर हुनुपर्छ।

कार्यक्रमसँगै तीन महिनासम्म धादिङ जिल्लाका विभिन्न पालिकामा सचेतनामूलक कार्यक्रमहरू, अन्तरक्रिया, पोस्टर क्याम्पेन, रेडियो प्रसारण, विद्यालयस्तरीय अभिमुखीकरण लगायतका गतिविधि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन