राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै रा.प्र.पाको जागरण सभा सम्पन्न

धादिङ, जेष्ठ १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) धादिङको आयोजनामा गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसको सभा हलमा आज जागरण सभा सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु धर्म सापेक्ष हिन्दु राष्ट्रको घोषणा तथा संघीयताको खारेजीको मागसहित यही जेष्ठ १५ गतेदेखि काठमाडौंमा सुरु हुन गइरहेको अनिश्चितकालीन जनआन्दोलनको तयारीस्वरूप आयोजित कार्यक्रममा रा.प्र.पा. धादिङका अध्यक्ष धुर्व‌प्रसाद खनालको सभापतित्व रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रा.प्र.पाका प्रमुख सचेतक तथा चर्चित नेता माननीय ज्ञानेन्द्र शाहीले वर्तमान व्यवस्था असफल भइसकेको टिप्पणी गर्दै राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि जनसंघर्षमा उत्रिनुको विकल्प नरहेको धारणा व्यक्त गरे।

कार्यक्रममा पार्टी कार्यसम्पादन सदस्य ठाकुरप्रसाद शर्मा, प्रशिक्षण विभागका उपप्रमुख खुस्बु ओली, केन्द्रीय सदस्य धुर्व विक्रम मल्ल, साथै जिल्ला भित्रका रा.प्र.पा. शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

करीब ३०० जना उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय गीत, मन्तव्य र आन्दोलनको रणनीतिबारे जानकारीमूलक सत्रहरू समेत सञ्चालन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर