मायोपियासम्बन्धी जनचेतना जगाउन काठमाडौ, विरगंन्ज र विर्तामोडमा र्याली सम्पन्न

दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाण्डौ, बिरगन्ज र विर्तामोडमा मायोपियासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले सञ्चालन गरेको ’मायोपिया जनचेतना सप्ताह’ (जेठ ५ देखि ११ गतेसम्म) सफलतापूर्वक सम्पन्न भएको छ । साताव्यापी जनचेतनामूलक अभियानमा विभिन्न पेशा, व्यवसाय तथा विभिन्न उमेर समूहका नागरिकको सक्रिय सहभागिता रहेको दृष्टि आई केयर सिस्टमले जानकारी दिएको छ ।

__________ बिज्ञापन____________

 

आज बिहान ७ बजे दृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौ, विरंगन्ज र विर्तामोडमा आयोजना भएको मायोपिया जनचेतना र्यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । मायोपियासम्बन्धी सचेतना र जानकारी व्यापक बनाउन सबै उमेर समूहका नागरिकको सहभागीतामा र्याली आयोजना गरिएको सिस्टमले बताएको छ ।

मायोपिया जनचेतना सप्ताह अन्तरगत विभिन्न विद्यालयहरूमा स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनुका साथै सयौं बालबालिकाको प्रारम्भिक परीक्षण समेत गरिएको थियो । परीक्षणमा संलग्न विद्यार्थीहरूलाई दृष्टिका सबै शाखाहरूमा निःशुल्क विस्तृत आँखा परीक्षण सेवा प्रदान गरिएको थियो ।

आज अयोजित जनचेतनामूलक र्यालीलाई सम्बोधन गर्दै दृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले “यो अभियान केवल पदयात्रा होइन, यो चेतनाको यात्रा हो, दृष्टिकोण परिवर्तन हो र हाम्रा भविष्यका पुस्ताको दृष्टिलाई सुरक्षित बनाउने सामुहिक संकल्प भएको वताउनु भयो । नेपाल अप्थाल्मीक सोसाइटीका उपाध्यक्ष डा. रन्जना शर्माले “नियमित आँखाको परीक्षण र विशेषज्ञको सल्लाह बमोजिम मायोपियालाई नियन्त्रण गर्न सकिन्छ । यसप्रति सामूहिक चेतना आवश्यक रहेको” बताउनु भयो ।

नेपाल दृष्टि बिशेषज्ञ संघका अध्यक्ष निरज देव जोशीले मायोपिया अर्थात् नजिक देख्ने तर टाढा नदेख्ने समस्या तिब्र गतिमा बढिरहेको र बालबालिकामा यो समस्या धेरै देखिएकाले समयमै यसको नियन्त्रण नगरेमा भविष्यमा दृष्टि गुम्ने खतरा प्रति सचेत गराउनु भयो । यसैगरी ओए सोसाईटीमा महासचिव रमेश प्रधानले बालबालिकाको नियमित रुपमा हरेक ६ महिनामा एक पटक दृष्टि परिक्षण गरी आँखाको सुरक्षा गर्न आग्रह गर्नुभयो । त्यस्तै, मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपियालाई सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालीन दृष्टि गुमाउने कारणका रूपमा लिन आवश्यक रहेको बताए ।

दृष्टि आई केयरको वेबसाइटमा रहेको मायोपिया जोखिम क्याल्कुलेटरमार्फत सर्वसाधारणले आफ्नो र आफ्ना बालबालिकाको जोखिम स्तर निःशुल्क मूल्याङ्कन गर्न सक्ने समेत कार्यक्रममा जानकारी गराईयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास