महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न

गल्छी, धादिङ – गल्छी गाउँपालिका–२ बेलिनिटारस्थित महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

कार्यक्रममा गल्छी–२ का वडा अध्यक्ष षडानन्द खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा बैरेनी सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेमचन्द्र महतो तथा फेकाफन (FECOFUN) स्थानीय महासंघका अध्यक्ष लक्ष्मण खतिवडा रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष हुमालक्ष्मी लामिछाने खतिवडाले गर्नुभएको थियो।

सभामा समूहको वार्षिक प्रगति तथा आगामी योजना अध्यक्ष लामिछानेले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक आयव्यय विवरण कोषाध्यक्ष गीता मगरले पेस गर्नुभएको थियो।

सभामा उपभोक्ता नवीकरण प्रक्रिया अघि बढाउने, महादेवस्थान मन्दिर चौरलगायत वन क्षेत्र नजिकका स्थानहरूमा पिकनिक स्पट तथा पार्क निर्माण गर्ने, पर्यापर्यटन प्रवर्द्धन गर्ने र वातावरण संरक्षणका लागि सिसौ, खयर, सामी, कटहर लगायतका विरुवा रोप्ने निर्णय गरिएको छ।

योजना कार्यान्वयनका लागि आवश्यक बजेट गाउँपालिका, वडा कार्यालय र वन कार्यालयसँग समन्वय गर्ने उल्लेख गरिएको छ। साथै चरिचरण नियन्त्रण, बसाइँसराइ गरेका व्यक्तिहरूलाई वन सदस्यता प्रदान गर्ने, छुट्टाछुट्टै उपभोक्तालाई समावेश गर्ने तथा वन संरक्षणमा समुदायको थप सक्रिय योगदान आवश्यक रहेको पनि बैठकमा जोड दिइएको छ।

कार्यक्रमले वन संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासमा सामुदायिक भूमिकाको महत्व पुनः पुष्टि गरेको अध्यक्ष लामिछानेले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर