गल्छीका आयुष र रूपा बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड खेलमा सहभागी हुँदै

गल्छी, धादिङ – १४ जेठ, २०८१ । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ यही जेठ १७ गतेदेखि १९ गतेसम्म दोलखाको चरिकोटमा आयोजना हुँदैछ। प्रतियोगितामा धादिङ जिल्लाबाट विभिन्न विधामा ९२ जना छात्रछात्रा खेलाडीहरू सहभागिता जनाउँदै छन्।

__________ बिज्ञापन____________

धादिङको गल्छी गाउँपालिकाबाट २ जना खेलाडी—आयुष राना र रूपा बिसुन्के—ले जिल्लास्तरीय छनौट पार गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। गल्छीबाट ९० भन्दा बढी छात्रछात्रा खेलाडी जिल्लास्तरीय छनौटमा सहभागी भएका थिए, तर तीमध्ये केवल दुईजना खेलाडीले मात्र प्रदेश छनौटमा स्थान बनाउन सफल भएका हुन्।

आयुष राना (छात्र ४५ के.जी.) र रूपा बिसुन्के (छात्रा ४६ के.जी.) दुबै जना तेक्वान्दोको ग्योरोगी (फाइट) विधा मा प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै, प्रदेशस्तरीय प्रतियोगिताको तेक्वान्दो विधातर्फ निर्णायकको भूमिकामा गल्छी तेक्वान्दो क्लबका प्रशिक्षक सुब्बा श्रेष्ठले धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै छन्।

गल्छी गाउँपालिकाका तर्फबाट प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी तथा निर्णायकको सहभागिता हुनु क्षेत्रीय खेल विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर