एटिएमबाट नगद पैसा निकाल्न नपाउँदा ग्राहकलाई सास्ती

विकास रौनियार, जेठ १४-धादिङ। आफ्ना ग्राहकहरुका लागि प्रदान गरिने सेवा चुस्त गराउनका लागि बैंकहरुले विभिन्न सुविधा उपलब्ध गराएका हुन्छन् । ती मध्ये एउटा सेवा हो एटीएम । चौविसै घण्टा पैसा निकाल्न मद्धत गर्ने उदेश्यले सञ्चालनमा ल्याएएका एटीएम आज भोली भने दिउँसोको समयमा मात्रै खोलिन थालिएको छ । बेलुका ८ देखि १० बजे नै बन्द हुने एटीएमका कारण सेवा प्रयोग गरे वापत निश्चित शूल्क समेत बुझाउने ग्राहक भने सास्ती खेप्न बाध्य छन् ।

__________ बिज्ञापन____________

अटोमेटिक टेलर मेसिन भनिने धादिङमा एटीएमहरु बिग्रिएर बन्द गरिएको भने होइनन् । अधिकांश एटीएम दिनको समयमा मात्रै सञ्चालन गरिने र रातको समयमा बैंकको शाखा संगै रातको समयमा बन्द हुँदै आएका छन् । धादिङको सदरमुकाम धादिङबेशी र पृथ्वीराजमार्ग संगै रहेका विभिन्न बैंककको एटीएममा यहाँको ग्राहक मात्रै नभएर यात्रा गरिररहेका व्यक्तिहरु पनि अपातकालीन अवस्थामा यी नै एटीएमको प्रयोग गरी पैसा निलाल्नु पर्ने हुन्छ । तर यहाँका एटीएम भने कुनै ८ बजे, कुनै ९ बजे त कुनै १० बजे नै बन्द भइसक्छन् ।

खातामा पैसा भएपनि बिरामी परेको अवस्थामा एटीएमको अभावमा नगद पैसा निकाल्न नपाउँदा समस्या हुने गरेको कतिपयको भनाइ छ ।

धादिङबेशीमा मात्रै नभएर गजुरी लगायत जिल्लाका अधिकान्श स्थलमा रहेका एटीएम पनि रातको समयमा बन्द गरिँदै आएको छ । ग्राहकसंग एटीएम को नाममा शूल्क निकाल्ने तर कुनै एटीएम सटर लगाएर राख्ने त कुनै बिग्रिएको अवस्थामा हुने गरेको ग्राहकको दुखेसो छ ।

बैंकहरुले आफूखुसी एटीएम बन्द गर्ने , मन लागे सञ्चालन गर्ने गरिरहेपनि नियामक निकाय नेपाल राष्ट्रबैंक अनविज्ञता प्रकट गर्छ । नियमित रुपमा सेवा उपलब्ध गराउनकै लागि एटीएम राखिने राष्ट्रबैंकको स्पष्टोक्ति छ । यस अघि नै सकुरल बैंकहरुलाई जारी गरिसकेको राष्ट्रबैंकको भनाइ छ । उजुरी दिएको अवस्थामा राष्ट्रबैंकले बैंकहरुलाई कारबाहीको दायरामा ल्याउने नेपाल राष्ट्र प्रवक्ता रामु पौडेलले बताए ।

 

एटीएमहरु सुरक्षाको कारणले बन्द गर्नु स्वभाविकै होला तर चौविसै घण्टा सुरक्षा हुने धादिङबेशी र गजुरी लगायत जिल्लाका अधिकान्श स्थलमा पनि एटीएम बन्द हुनु दुखद छ । ग्राहकहरुसंग सेवा शूल्क लिने तर सुविधा नदिने गर्नु एक हिसाबले ठगी नै हो ।

 

तस्बिर: विकास रौनियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास