नवीनराज स्मृति चेसमा चार खेलाडीको अग्रता 

जेठ १६, काठमाडौं। काठमाडौं महानगरपलिका वडा नं २४ को आयोजनामा शुक्रबारदेखि पूर्व सांसद नविनराज जोशीको स्मृतिमा दुई दिने रापिड  बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा सुरु भयो । पाँचौ  सम्पन्न  चरणको खेल सम्पन्नता हुँदा झापाका युवा खेलाडी रिसोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन, जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेनले पाँच खेलमा सफलता हात पारि ५ अंक सहित संयुक्त रूपमा अग्रस्थानमा रहेका छन्।

__________ बिज्ञापन____________

रिसोनले सिएम भगवती प्रसाद शर्मालाई पाँचौं चर्णको खेलमा पराजित गरे भने प्रेमकृष्णले भक्तपुरका पुरुषोत्तम दुवाललाई हराए।

त्यसैगरी जनार्दनले भेट्रान खेलाडी सिताराम अग्रवाल माथि जीत निकाले भने लरेनले धनुषाका सुशील चौधरीलाई निरास बनाए।

बिजेश राजकर्णिकार साढे ४ अंक प्राप्त गरि दोस्रो स्थानमा रहेको छ।

सीताराम अग्रवाल, सुशील चौधरी , पुरुषोतम दुबाल ,भगवती प्रसाद शर्मा, काठमाडौका गोविन्द खड्का, कुमार महर्जन , पाँचथरका महेन्द्र कुमार साम्वाहम्फे, मोरङका युवा खेलाडी  काशिभ कार्की, मोरङका सुभानदिप थापा,  सुनसरीका विनय राई, झापाका हरि बराल र अनरेटेड काठमाडौका खेलाडी नितिन घिमिरे र भारतका सुभमकुमारको ४ अंक रहेको छ।

महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी ४ अंक हात पारी शिर्ष स्थानमा रहेकी छिन्।

शान्ति धिमाल, उजिवनी कँडेल र पुनम प्रसाईले २ अंक जोडेर सिन्दिरालाई पछ्याई रहेकी छन्।

२४ वडाका अध्यक्ष बिनोद कुमार राजभण्डारीले उद्घाटन गरेको प्रतियोगितामा नेपाल, बेलायत, अमेरिका, फिलिपिन्स र भारतका गरी १५२ जना खेलाडीहरुको सहभागीता रहेको छ। कूल नगद १ लाख एकसट्ठी हजार पुरस्कार रहेको प्रतियोगितामा बिजेताले २५ हजार, उपविजेताले १५ हजार र  तेस्रो स्थान हात पार्नेले १० हजार नगद हात पार्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास