गल्छी, २ जेठ – मालेभिर डुम्रिखोला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता भेला गल्छी गाउँपालिका–२ स्थित कल्लेरी माविको खेलमैदानमा सम्पन्न भएको छ।
भेलामा गल्छी–२ का वडा अध्यक्ष षडानन्द खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा बैरेनी सवडिभिजन वन कार्यालयका रेन्जर सपना अधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघ (FECOFUN) का स्थानीय अध्यक्ष लक्ष्मण खतिवडाको उपस्थिति थियो।

त्यसैगरी, गल्छी–२ का वडा सदस्य गोविन्दराज वज्राचार्य, गल्छी–३ का वडा सदस्य सुर्यमान शाक्य, पाताल सामुदायिक वनका अध्यक्ष लोक व. श्रेष्ठ, कल्लेरी माविका शिक्षक ज्ञानलाल तुलाधर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता उपभोक्ता समूहका अध्यक्ष सन्तबहादुर पुलामीले गर्नुभयो भने सञ्चालन पूर्व अध्यक्ष खिलप्रसाद पण्डितले गर्नुभएको थियो। स्वागत मन्तव्य वन समूहका उपभोक्ता एवं वागेश्वरी माविका शिक्षक सागर लामिछानेले प्रस्तुत गर्नुभएको थियो।
भेलामा बोल्दै FECOFUN अध्यक्ष लक्ष्मण खतिवडाले वन संरक्षणमा समितिसँगै उपभोक्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। डढेलो, अनियमित कटानीजस्ता कार्यले वनलाई क्षति पुर्याउने भन्दै सचेत रहनु आवश्यक रहेको उहाँको भनाइ थियो।
रेन्जर सपना अधिकारीले समिति प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै वन ऐनको पालना, कार्ययोजना अनुरूपको काम, र अनुगमनमा वन कार्यालयको निरन्तर सक्रियता रहने बताउनुभयो। कार्ययोजनाबाहिरको काम गर्नु परेमा वार्षिक भेलाबाट अनुमोदन आवश्यक रहेको स्पष्ट पार्नुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष षडानन्द खनालले वन संरक्षण, योजना कार्यान्वयन तथा बजेट व्यवस्थापनका लागि पालिका, वडा र वन कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, वन संरक्षणमा कुनै पनि सहयोगका लागि वडाले प्रतिबद्धता जनाउने पनि बताउनुभयो।
भेलाले नयाँ कार्यसमिति, लेखा समिति तथा अनुगमन तथा सल्लाहकार समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिहरू:
कार्य समिति:
अध्यक्ष: सितलकाजि तुलाधर
उपाध्यक्ष: निर्मला विसुन्के
सचिव: मिश्रा वज्राचार्य
कोषाध्यक्ष: रत्नलाल श्रेष्ठ
सह–सचिव: वलराम खतिवडा
सदस्यहरू:
लालबहादुर मगराति
तारादेवी श्रेष्ठ
गंगामाया वाडा
रेनुका शाक्य
लेखा समिति:
संयोजक: ज्ञानलाल तुलाधर
सदस्य: मानकुमारी पण्डित
सदस्य: वीरबहादुर विक
अनुगमन तथा सल्लाहकार समिति:
संयोजक: खिलप्रसाद पण्डित
सदस्य: सन्तवहादुर पुलामी
सदस्य: पिपलकुमारी शाक्य
कार्यक्रम सफल रूपमा सम्पन्न भएको उपभोक्ता समूहले जनाएको छ।