सक्सेस एकेडेमीमा जेठ २४ गते निःशुल्क आँखा शिविर हुने

गल्छी, धादिङ – दृष्टि समस्याबाट पीडित स्थानीय बासिन्दाका लागि सुनौलो अवसर प्रदान गर्दै गल्छी गाउँपालिका, बैरेनी, धादिङमा निःशुल्क आँखा शिविर आयोजना गरिने भएको छ। तिलगंगा आँखा केन्द्र र सक्सेस एकेडेमीको सहकार्यमा आगामी २०८२ जेठ २४ गते शनिबारका दिन गल्छी-६ स्थित सक्सेस एकेडेमीको प्राङ्गणमा शिविर संचालन गरिने आयोजकहरूले जनाएका छन्।

__________ बिज्ञापन____________

वरिष्ठ नेत्र विशेषज्ञहरूको टोलीद्वारा निःशुल्क आँखाको परीक्षण गरिने यस शिविरमा विशेषगरी मोतीबिन्दु जस्ता गम्भीर दृष्टिसम्बन्धी समस्याको पहिचान गरिनेछ। परीक्षणका क्रममा मोतीबिन्दुको समस्या देखिएका बिरामीहरूलाई तिलगंगा आँखा केन्द्र, काठमाडौं लगेर जेठ ३० गते शल्यक्रिया (अपरेशन) गरिनेछ र असार १ गते घर फर्काउने व्यवस्था पनि मिलाइनेछ। उपचार, यातायात, खाना र बस्नको सम्पूर्ण खर्च आयोजक संस्थाहरूले व्यहोर्नेछन्।

सक्सेस एकेडेमीले हरेक वर्ष आँखा शिविर संचालन गर्दै आएको छ। तस्विर : अघिल्लो वर्षको शिविर 

 

आयोजक संस्था:

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं
गल्छी गाउँपालिका, बैरेनी, धादिङ
सक्सेस एकेडेमी/सफल कलेज, गल्छी–६, बैरेनी
नेपाल स्काउट बागमती प्रदेश, हेटौंडा
जिल्ला सामुदायिक आँखा केन्द्र, विदुर, नुवाकोट
नेपाल स्काउट, स्थानिय स्काउट कार्यालय, गल्छी
सक्सेस स्काउट टिम, गल्छी–६, धादिङ

मिडिया सहयोगी:

गल्छी खबर डटकम
रेडियो राजमार्ग
नागरिक पार्टी डटकम

स्थानीय जनसमुदायलाई शिविरको भरपुर लाभ लिन आह्वान गर्दै आयोजक संस्थाहरूले आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमाझ उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्।

समय: बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
स्थान: सक्सेस एकेडेमीको प्राङ्गण, गल्छी–६, धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास