करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गल्छी, २०८२ जेठ २४ – करदाता सेवा कार्यालय, गल्छीको आयोजनामा शनिवारका दिन “करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम” सफलता साथ सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

उक्त कार्यक्रममा करिब ४० जना व्यवसायी तथा उद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रस्तोता कर अधिकृत लक्ष्मी खड्काले सहभागीहरुलाई प्यान लिने आवश्यकता, दर्ता प्रक्रिया, व्यवसायको प्रकारअनुसार दर्ता गर्ने निकायको पहिचान, र व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने करसम्बन्धी जिम्मेवारीहरूप्रति विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरुसँग अन्तरक्रियात्मक छलफल गर्दै, व्यावहारिक समस्याहरू, कर प्रणालीप्रति रहेको अन्योलता, र सुधार गर्नुपर्ने पक्षहरूबारे समेत विचार विमर्श गरिएको थियो।

कार्यक्रमको उद्देश्य व्यवसायी तथा उद्योगी वर्गलाई करसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै पारदर्शी तथा उत्तरदायी कर प्रणालीमा सहभागिता जनाउने वातावरण सिर्जना गर्नु रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर