छाङ्गादेवी नौमती महिला बाजा समूहको २ महिने तालिम सम्पन्न

गल्छी, धादिङ। छाङ्गादेवी नौमती महिला बाजा समूहद्वारा सञ्चालित दुई महिनाको तालिम एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष देवकी श्रेष्ठले गर्नुभयो। समापन समारोहका प्रमुख अतिथि गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी रहनु भयो। कार्यक्रममा वडा नम्बर ४, ६, ७ र ८ का वडाध्यक्षहरू विशेष अतिथिका रूपमा सहभागी थिए। तालिम बैरेनी सिकाई […]
सक्सेस एकेडेमीमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

धादिङ, जेठ २४ – सक्सेस एकेडेमीको आयोजनामा तथा तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा कुल १७७ जनाको आँखा परीक्षण गरिएकाेमा १३ जनामा शल्यक्रिया आवश्यक देखिएको जानकारी आयोजकले दिएका छन्। ती बिरामीहरूलाई आउँदो हप्ताभित्र काठमाडौंस्थित तिलगंगा आँखा केन्द्रमा लगेर निःशुल्क शल्यक्रिया गरिने बताइएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत […]
बुढानिलकण्ठमा प्रथम राष्ट्रिय जूनियर बुद्धिचाल प्रतियोगिता हुने

बुढानिलकण्ठ, जेठ २४ – नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा, बुढानिलकण्ठ नगर युवा परिषद्को आयोजनामा तथा परिषद् कार्यकारी सदस्य दीपक तामाङको संयोजकत्वमा प्रथम राष्ट्रिय जूनियर बुद्धिचाल प्रतियोगिता २०८२ यही जेठ २९ गतेदेखि ३१ गतेसम्म बुढानिलकण्ठ नगरपालिका–१२ मा आयोजना हुने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी दिन आज बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा […]
राष्ट्रिय स्कूल चेसमा पेभिलियन चेस एकेडेमी विजयी

२४ जेष्ठ, काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर युवा ९ र ११ वर्ष मुनि छात्र छात्र समूहका अन्तिम चरणको खेल सम्पन्न भएका छन्। शनिबार सम्पन्न अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न यो ११ छात्र तर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणको खेलमा अपराजित रहँदै […]
अर्हन्त सिम्ह र बिपना भ्लोनले जिते स्क्वास उपाधि

२४ जेष्ठ, ललितपुर । नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा सम्पन्न प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को उपाधि पुरुष तर्फ अर्हन्त केशर सिम्ह र महिला तर्फ बिपना भ्लोनले जितेका छन्। शनिवार सम्पन्न पुरुष स्क्वास फाइनल खेलमा शीर्ष खेलाडी अर्हन्तले पाँचौं वरियताका प्रतिद्वन्द्वी पासाङ्ग भ्लोनलाई ११-८, ११-९ र ११- ९ को स्कोरले पराजित गर्न सफल भएका […]
करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गल्छी, २०८२ जेठ २४ – करदाता सेवा कार्यालय, गल्छीको आयोजनामा शनिवारका दिन “करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम” सफलता साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब ४० जना व्यवसायी तथा उद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रस्तोता कर अधिकृत लक्ष्मी खड्काले सहभागीहरुलाई प्यान लिने आवश्यकता, दर्ता प्रक्रिया, व्यवसायको प्रकारअनुसार दर्ता गर्ने निकायको पहिचान, र […]