अर्हन्त सिम्ह र बिपना भ्लोनले जिते स्क्वास उपाधि 

२४ जेष्ठ, ललितपुर । नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा सम्पन्न प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को उपाधि पुरुष तर्फ अर्हन्त केशर सिम्ह र महिला तर्फ बिपना भ्लोनले जितेका छन्।

__________ बिज्ञापन____________

 

शनिवार सम्पन्न पुरुष स्क्वास फाइनल खेलमा शीर्ष खेलाडी अर्हन्तले पाँचौं वरियताका प्रतिद्वन्द्वी पासाङ्ग भ्लोनलाई ११-८, ११-९ र ११- ९ को स्कोरले पराजित गर्न सफल भएका छन्।

अर्हन्तले उपाधि सँगै नगद पुरस्कार १५ हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र हात पारे। फाइनलमा पराजित पासाङ भ्लोन द्वितीय स्थानमा रहदै नगद १० हजार, शिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

स्पर्धामा राकेश परियार तृतीय बन्दै नगद ७ हजार, प्रज्वल प्रधान चौथो बन्दै नगद ४ हजार र ब्रन्ज मेडल, प्रमाणपत्र हात पारेका छन्।

 

यसैगरी महिला स्क्वास फाइनलमा बिपना भ्लोनले स्वस्थानी श्रेष्ठलाई ११-५, ११-७ र ११-८ को स्कोरमा पराजित गरेकी छिन् ।

 

बिपना भ्लोनले नगद १५ हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने द्वितीय हुने स्वस्थानीले नगद १० हजार, शिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

स्पर्धामा अस्मिता नगरकोटी तृतीय स्थान प्राप्त गर्दै नगद ७ हजार र साक्षी सुनुवार चौथो स्थान मा रहँदै नगद ४ हजार तथा ब्रन्ज मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन्।

गर्ल्स जुनियर तर्फ रेनसा महर्जन पहिलो स्थानमा रहँदै ट्रफि, नगद ६ हजार, रचना प्रजा दोस्रो ४ हजार, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजा चौथोले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

त्यस्तै, नवप्रवेशी (नोभिस) गल्स विधा तर्फ डोल्मा तामाङ, अलिशा प्रजा, आरोही महर्जन र दीपिका महतले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरीन् ।

क्रमश: नवप्रवेशी (नोभिस ) ब्वाइज समूहमा हेलिस घिसिङले पहिलो ट्रफि, रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थानमा रहँदै नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैबीच प्रमुख अतिथि बागमती प्रदेश सरकारका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकारले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन्।

बागमती प्रदेश स्क्वास सङ्घका अध्यक्ष अमर राणाको सभापतित्वमा  सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष ध्रुव बहादुर गुरुङ, पूर्व अध्यक्ष किशोर महर्जन, बागमती संघका महासचिव शैलेश अमात्यको उपस्थिति रहेको थियो भने केन्द्रीय सचिव महेन्द्रलाल महर्जनले सभा सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास