राष्ट्रिय स्कूल चेसमा पेभिलियन चेस एकेडेमी विजयी 

२४ जेष्ठ, काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर युवा ९ र ११ वर्ष मुनि छात्र छात्र समूहका अन्तिम चरणको खेल सम्पन्न भएका छन्।

__________ बिज्ञापन____________

 

शनिबार सम्पन्न अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न यो ११ छात्र तर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणको खेलमा अपराजित रहँदै विजयी बनेका छन्।

 

प्रतियोगितामा अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्प सदनका हार्दिक पन्त समान ६ अङ्क प्राप्त गर्दै तेस्रो स्थान ओगट्न सफल भएका छन्

 

यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस अङ्ग्रेजी बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले एकल ५.५ अङ्क प्राप्त गर्दै विजयी बनेकी छिन्।

 

स्पर्धामा इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य दोस्रो, युरो स्कुलकी विप्सना केसी र समान ५ अङ्क जोडेर तेस्रो स्थान प्राप्त गरेकी छन्।

 

यसैगरी यु ९ छात्रतर्फ ६ चरणको खेलमा पेभिलियन चेस एकेडेमीका सुनभ ओझाले पूर्ण ६ अङ्क प्राप्त गर्दै विजय बनेका छन्।

 

प्रतिस्पर्धामा रातो बङ्गला स्कुलका सुभङ्ग प्रधान दोस्रो र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो स्थानमा खेल पूरा गरेका छन्।

 

क्रमश: युवा ९ वर्ष मुनि छात्रा तर्फ दीपज्योति आवासीय माध्यमिक विद्यालयकी अंशिका श्रेष्ठ र मार्बलस स्कुलकी संगीता दासले समान ४ दशमलव ५ अङ्क जोडेर क्रमश पहिलो र दोस्रो स्थान ओगट्न सफल भएकी छिन्।

 

यसै समूहमा काठमाडौँ विद्यालयकी निगिता ४ अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेकी छिन्।

 

यसै बीच विजयी खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाले पुरस्कार वितरण गरेका छन्।

 

२० औँ अन्नपूर्ण राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपका छात्र १३ छात्रा १३ र छात्र छात्रा १३ वर्ष माथिका खेलहरु भोलिदेखि शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास