बुढानिलकण्ठमा प्रथम राष्ट्रिय जूनियर बुद्धिचाल प्रतियोगिता हुने

बुढानिलकण्ठ, जेठ २४ – नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा, बुढानिलकण्ठ नगर युवा परिषद्को आयोजनामा तथा परिषद् कार्यकारी सदस्य दीपक तामाङको संयोजकत्वमा प्रथम राष्ट्रिय जूनियर बुद्धिचाल प्रतियोगिता २०८२ यही जेठ २९ गतेदेखि ३१ गतेसम्म बुढानिलकण्ठ नगरपालिका–१२ मा आयोजना हुने भएको छ।

__________ बिज्ञापन____________

 

प्रतियोगिता सम्बन्धी जानकारी दिन आज बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा सामाजिक विकास समितिका संयोजक एवं नगर कार्यपालिका सदस्य शन्ता पुडासैनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगिताको उद्देश्य, संरचना र महत्वबारे जानकारी गराउनुभयो। नेपाल बुद्धिचाल महासंघका महासचिवले महासंघका नियमित कार्यक्रमहरूबारे प्रकाश पार्नुभयो भने व्यवस्थापन पक्षको विवरण संयोजक दीपक तामाङले दिनुभयो। प्राविधिक पक्षबारे महासंघका महासचिव धरमबहादुर लामाले जानकारी गराउनुभयो।

 

कार्यक्रममा महासंघका कोषाध्यक्ष तारा बहादुर रानाभाट, बुढानिलकण्ठ नगरपालिका वडा नं १, ११ र १२ का वडा अध्यक्षहरू सुरेन्द्र लामा, राजु अधिकारी र शम्भु भट्टराई, परिषद्का सदस्य सचिव सुरेश कार्की, स्थानीय बुद्धिचाल प्रशिक्षक मिशन बास्कोटालगायतको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनको सञ्चालन परिषद् कार्यकारी सदस्य नेहा गुरुङले गर्नुभएको थियो।

 

बुद्धिचालको प्रवर्द्धन र बालक तथा किशोरमा चिन्तनशक्ति अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको प्रतियोगिताले राष्ट्रिय स्तरमै नयाँ प्रतिभाको पहिचान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास