छाङ्गादेवी नौमती महिला बाजा समूहको २ महिने तालिम सम्पन्न

गल्छी, धादिङ। छाङ्गादेवी नौमती महिला बाजा समूहद्वारा सञ्चालित दुई महिनाको तालिम एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष देवकी श्रेष्ठले गर्नुभयो।

__________ बिज्ञापन____________

समापन समारोहका प्रमुख अतिथि गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी रहनु भयो। कार्यक्रममा वडा नम्बर ४, ६, ७ र ८ का वडाध्यक्षहरू विशेष अतिथिका रूपमा सहभागी थिए।

तालिम बैरेनी सिकाई केन्द्र र गल्छी गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको थियो। सिकाई केन्द्रका अध्यक्ष शिव भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सिता लामिछानेले गर्नु भएको थियो भने तालिमको प्रतिवेदन गीता खरेलले प्रस्तुत गर्नुभयो।

समापन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरुले महिला सशक्तिकरण र संस्कृतिको जगेर्नामा नौमती बाजा तालिमको महत्वबारे आफ्ना धारणा राखेका थिए।

समूहका तर्फबाट आयोजक, प्रशिक्षक तथा सहभागी सबैलाई धन्यवाद दिँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर