पाटनमा दोस्रो मेयर कप बुद्धिचाल प्रतियोगिता जेठ ३१ गते हुने

ललितपुर, जेठ २७ – पाटन जेसीसको आयोजनामा हुने दोस्रो मेयर कप खुल्ला ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिता आगामी जेठ ३१ गते शनिवारका दिन पाटन स्कूल, पाटनढोकामा सम्पन्न हुने भएको छ। मानसिक विकास, रणनीतिक सोच, र अनुशासनको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा करीब २०० जना खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन्।

__________ बिज्ञापन____________

प्रतियोगितामा ओभरअल विजेताहरुलाई आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै अनरेटेड, ELO १७०० मुनि, १४, १२ र १० वर्षमुनिका उमेर समूह, महिला तथा वेस्ट पाभिलियन तर्फका उत्कृष्ट (पहिलो र दोस्रो स्थान) खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले पूर्व-दर्ता अनिवार्य गराउनु पर्नेछ।

दर्ता तथा अन्य जानकारीका लागि शुशिल चौधरी (फोन: ९८६९०४०१७२) सँग सम्पर्क गर्न सकिनेछ।

पाटन जेसीसकी अध्यक्ष श्रीया प्रधानले सर्वसाधारणमा सूचना प्रवाह गरी इच्छुक खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराउने वातावरण बनाउन सबैमा अनुरोध गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर