महालक्ष्मी वडा नं ९ मा ‘प्रथम वडा अध्यक्ष कप हाप्कि-डो च्याम्पियनसिप २०८२’ हुने

ललितपुर, असार ७ – महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तथा लामाटार हाप्कि-डो शाखा डोजोङ्गको प्राविधिक सहयोगमा यही २०८२ साल असार ७ गते शनिवारका दिन ‘प्रथम वडा अध्यक्ष कप हाप्कि-डो च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ।

__________ बिज्ञापन____________

प्रतियोगिता वडा नं ९ स्थित शशाम्भु चौरमा हुने र सो खेलकुद कार्यक्रममा महालक्ष्मी नगरभित्र बसोबास गर्ने खेलाडीहरू सहभागी हुन पाउनेछन्। २५ के.जी. देखि ५५ के.जी. तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

वडा नं ९ का अध्यक्ष श्री जय कृष्ण बोगटीले प्रतियोगितामार्फत वडा स्तरमै खेलकुद प्रवर्द्धन गर्दै युवाहरुमा आत्मविश्वास, अनुशासन र स्वास्थ्यप्रतिको सचेतना बढाउने उद्देश्य रहेको जानकारी दिनुभयो।

खेलकुद क्षेत्रको विकास र स्थानीय प्रतिभाको पहिचानमा योगदान पुर्‍याउने विश्वाससहित आयोजना गरिन लागेको यो च्याम्पियनसिप महालक्ष्मी नगरका लागि ऐतिहासिक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर