काठमाडौँ महानगरको बजेट गतिरोध अन्त्यतर्फ, कार्यपालिका बैठक शुक्रबार बस्ने

काठमाडौँ, २५ असार — लामो समयदेखि काठमाडौँ महानगरपालिकाको बजेट प्रक्रिया अवरुद्ध भइरहेका बेला मेयर बालेन शाहले अन्ततः कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चारविज्ञ सुरेन्द्र बजगाईँका अनुसार बैठक शुक्रबार (असार २७ गते) दिउँसो २ बजेका लागि बोलाइएको हो।

__________ बिज्ञापन____________

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ। त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि बस्ने जानकारी बजगाईँले दिएका छन्।

यी सबै प्रक्रियापछि दिउँसो २ बजे कार्यपालिका बैठक डाकिएको हो, जसले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेटको प्रस्ताव नगरसभामा पेस गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।

महानगरमा पछिल्लो समय बजेट विषयलाई लिएर देखिएको राजनीतिक तथा प्राविधिक गतिरोध समाधान हुने आशाका साथ नगरवासीहरू उक्त बैठकतर्फ केन्द्रित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर