इलाममा प्रथम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता हुने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा प्रथम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता–२०८२ हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

__________ बिज्ञापन____________

 

फिडे कोड ४४४३३१ अन्तर्गत सञ्चालन हुने यो प्रतियोगिता नेपालभरका खेलाडीहरूका लागि खुला रहनेछ। फाकफोकथुम चेस एशोसिएसन, इलामको आयोजनामा हुने प्रतियोगिता स्विस प्रणालीका आधारमा नौ राउन्डमा सम्पन्न हुनेछ। पहिलो राउन्डको पेयरिङ “एक्सेलेरेशन प्रणाली” अन्तर्गत हुनेछ। प्रत्येक खेलका लागि ६० मिनेटको समय तोकिएको छ, साथै पहिलो चालदेखि ३० सेकेन्डको इन्क्रिमेन्ट लागू हुनेछ। खेल सुरु भएको ३० मिनेटभित्र उपस्थित नभएका खेलाडीको खेल स्वतः रद्द हुने प्रतियोगिता निर्देशक गणेश मगरले जानकारी दिए।

 

उनका अनुसार प्रतियोगितामा स्थानीय तथा १६ वर्षमुनिका इलामका खेलाडीका लागि दर्ता शुल्क एक हजार रुपैयाँ र इलामबाहिरका खेलाडीका लागि एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। अन्तिम दर्ता मिति कार्तिक ८ गते साँझ ६ बजेसम्म रहनेछ।

 

प्रतियोगितामा दुई लाख पाँच हजार पाँच सय रुपैयाँबराबरको नगद पुरस्कार वितरण गरिनेछ। जसअनुसार पहिलो हुने खेलाडीले ३५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले सात हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

त्यस्तै अनरेटेड, एलो १६०० मुनि, एलो १८०० मुनि, भेटरन, अण्डर–१६, महिला, अपाङ्ग, जनप्रतिनिधि, साथै हिल्स, इलाम र फाकफोकथुमका उत्कृष्ट खेलाडीहरूका लागि पनि विशेष पुरस्कार व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास