कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी पार्टीले औपचारिक रूपमा मिति टुंगो लगाएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिका पारित भएपछि महाधिवेशनको मिति निश्चित भएको हो।

__________ बिज्ञापन____________

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १५औँ महाधिवेशन तय भएकोले विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट भएको बताए। उनका अनुसार अधिवेशनका लागि वडादेखि केन्द्रसम्मका संरचनागत चरणहरू पुस १५ देखि सुरु हुनेछ।

महाधिवेशनको मिति टुंगो लगाउनुअघि केही नेताहरूबीच असन्तुष्टि देखिएको थियो। असन्तुष्ट नेता विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतले कार्यतालिकाप्रति असहमति जनाएपछि सभापति शेरबहादुर देउवाले बिहानै निवासमा छलफल बोलाएर सहमतिको आग्रह गरेका थिए। यसअघि पदाधिकारी र पूर्वपदाधिकारीबीचको वैठकले पनि पुस अन्तिम साता महाधिवेशन गर्ने प्राथमिक समझदारी बनाएको थियो।

निर्धारित कार्यतालिका

पुस १५ – विदेशस्थित जनसम्पर्क समिति अधिवेशन

पुस १६ – गाउँ, नगर तथा वडा कार्यसमिति अधिवेशन

पुस १७ – गाउँ/नगरपालिका अधिवेशन

पुस १९ – प्रदेशसभा क्षेत्रीय अधिवेशन

पुस २१ – एक प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन

पुस २२ – एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन

पुस २३-२४ – सातै प्रदेश कार्यसमिति अधिवेशन

पुस २६-२८ – केन्द्रीय महाधिवेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर