रुद्र ढुंगेलद्वारा १३५ थान न्यानो कपडा सहयोग

नुवाकोट, २८ मंसिर। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नानीबाबुहरूलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। चिसो बढ्दै गएको मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

__________ बिज्ञापन____________

कार्यक्रमका लागि नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा समाजसेवी कमरेड रुद्र ढुंगेलले १३५ थान न्यानो कपडाको व्यवस्थापन गर्नुभएको हो। विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा सामान्य परिवारका विद्यार्थीहरूलाई लक्षित गरी वितरण गरिएको न्यानो कपडाले विद्यार्थीहरूमा खुसी छाएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूका अनुसार यस्ता सामाजिक सहयोग कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समुदाय र विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

सामाजिक सेवामा सक्रिय रहँदै आएका ढुंगेल गल्छीखबर डटकमका कानुनी सल्लाहकारसमेत हुनुहुन्छ। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले बालबालिकाको हितलाई केन्द्रमा राखेर गरिएको यस सहयोगप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर