पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित गल्छी महोत्सव

धादिङ, गल्छी। धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा ‘गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ आयोजना हुने भएको छ। भौगोलिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रमा आयोजना हुन लागेको महोत्सवले स्थानीय कृषि, संस्कृति र व्यापारलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

__________ बिज्ञापन____________

 

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजनामा सञ्चालन हुने महोत्सव आगामी २०८२ साल पौष २ गतेदेखि पौष १५ गतेसम्म चल्नेछ। धादिङको गल्छी–८ मा तामाङ, मगर, क्षेत्री–ब्राह्मणलगायत विभिन्न समुदायको बसोबास छ भने यहाँको मुख्य पेसा कृषि हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई महोत्सवमार्फत राष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको आयोजकको भनाइ छ।

‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखिएको छ। महोत्सवमा नुवाकोट र धादिङ भेगका विशिष्ट कृषि उपज मास, पिडालु, स्ट्रबेरी, कफीलगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ। साथै स्थानीय हस्तकला र औद्योगिक सामग्रीसमेत प्रदर्शनीमा राखिनेछ।

मनोरञ्जनतर्फ राष्ट्रिय कलाकार ज्योति मगर, प्रिति आले, पशुपति शर्मा, प्रमोद खरेल, रचना रिमाल, सुगम पोखरेल र एलिना चौहान, ईन्द्रेणी टिम लगायतको सांगीतिक प्रस्तुति रहने जनाइएको छ। यसैगरी लोकदोहोरी कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। नेवारी, तामाङ र मगर समुदायका परम्परागत खानाका स्टलहरू, ट्राउट माछाका परिकारसमेत महोत्सवका प्रमुख आकर्षणका रूपमा रहनेछन्।

 

महोत्सवमा ८० देखि १०० वटा स्टल रहने व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र जेष्ठ नागरिकका लागि छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न अनुमानित ५७ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने विवरण तयार पारिएको छ। मुख्य प्रायोजक, प्रायोजक र सह–प्रायोजकका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्मका प्रचार–प्रसार तथा सम्मानका प्याकेजसमेत व्यवस्था गरिएको छ।

 

यसै अवसरमा गल्छी बगर रिसोर्टको समन्वयमा मोटरबोट सयरको व्यवस्था गरिने जनाइएको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक तथा स्थानीयवासीले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन