प्रथम चिम्टेश्वर कप : गल्छी क्रिकेट टिम फाइनलमा प्रवेश

गल्छी । आज सम्पन्न प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा गल्छी क्रिकेट टिमले विदुर नगरपालिकालाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

__________ बिज्ञापन____________

 

महादेवफाँट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको विदुर नगरपालिका अत्यन्त कमजोर प्रदर्शन गर्दै १४ ओभरमै मात्र २८ रनमा अलआउट भयो। विदुरका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विदुरलाई सस्तैमा समेट्न गल्छीका बलरहरू हाबी देखिए। रुपेश भुजेलले ३ विकेट लिए भने रामहरि सापकोटा र रवीन्द्र नेपालले समान २–२ विकेट हात पारे। प्रविण खडिवाडाले पनि प्रभावकारी बलिङ गर्दै ३ विकेट लिए।

सामान्य लक्ष्य पछ्याएको गल्छी क्रिकेट टिमले ४.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। प्रविण खडिवाडाले ब्याटिङतर्फ १६ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि म्यान अफ द म्याच घोषित भए।

अब गल्छीले फाइनलमा भोलि हुने थार्के र बेलकोटगढीबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन