गल्छी क्रिकेट क्लब प्रथम चिम्टेश्वर कपको उपाधि जित्न सफल

महादेवफाँट खेल मैदानमा सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लबले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कप्तान रवीन्द्र नेपालको ५ विकेट र सन्देश नेपाल तथा सरोज लामाको उत्कृष्ट ब्याटिङ गल्छीको जितमा निर्णायक बन्यो।

गल्छी । महादेवफाँट खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लबले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।

__________ बिज्ञापन____________

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको गल्छी क्रिकेट क्लबले बलिङ र फिल्डिङ दुवै पक्षमा सशक्त प्रदर्शन गर्‍यो। बेलकोटगढी नगरपालिकाको टोलीलाई १४.२ ओभरमा मात्र ७५ रनमा समेट्न गल्छी सफल रह्यो। गल्छीका कप्तान रवीन्द्र नेपालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने प्रविन खतिवडाले २ विकेट र समिर अधिकारीले १ विकेट हात पारे।

गल्छीको बलिङसँगै चुस्त फिल्डिङ पनि खेलको निर्णायक पक्ष बन्यो। प्रविन खतिवडा र रामहरी सापकोटाको बलिङमा दुई खेलाडी रनआउट हुँदा बेलकोटगढी दबाबमा परेको थियो।

७६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको गल्छीले आक्रामक तर संयमित ब्याटिङ गर्दै ८ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। गल्छीका लागि सन्देश नेपालले ३५ रन तथा सरोज लामाले ३० रनको योगदान दिए।

बेलकोटगढी नगरपालिकाका तर्फबाट विधान खतिवडाले पहिलो ओभरमै गल्छीका प्रविन खतिवडालाई रनआउट गराउँदै केही आशा जगाए पनि त्यसपछि खेल गल्छीको नियन्त्रणमै रह्यो।

गल्छी, थार्के, विदुर र बेलकोटगढी गरी चार टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धा देखिएको थियो। उपाधिसँगै गल्छी क्रिकेट क्लबले नगद रु ३०,००० पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास