नेपाल इको पानल चेस फर अलको उपाधि भरत धिमालले जिते

७ फाल्गुण, काठमाडौं । रापिड १७०० रेटिङ मुनिको नेपाल इको पानल चेस फर अल चेस प्रतियोगिता बिहिबार सफलता पूर्वक सम्पन्न भएको छ। नौ चरणसम्म चलेको प्रतिस्पर्धामा भारत तथा देशका विभिन्न ६० जिल्लाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

__________ बिज्ञापन____________

प्रतियोगितामा मोरङका भरत धिमाल ७.५ अंक बनाउदै प्रथम स्थान हासिल गर्न सफल भए। रेटिङ १६८३ भएका भरतले उपाधि सँगै नगद रू.१० हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतिस्पर्धाको अन्तिम परिणाम पश्चात् पाँच जना खेलाडीहरूले समान ७.५ अंक जोडे पनि टाइब्रेकका आधारमा इटहरीका नारायण हरि श्रेष्ठ द्वितीय तथा दमकका उज्वल दाहाल तृतीय स्थानमा रहे।

यस सँगै अनरेटेड नारायण हरि श्रेष्ठले नगर रु. ७ हजार र १६८८ रेटेड उज्ज्वल दाहालले नगद रु. ५ हजार पुरस्कार, मेडल एवं प्रमाणपत्र प्राप्त गरेका छन्।

यसैगरी १६७८ रेटेड टोखा काठमाडौंका आवाश तिवारी चौथो हुदै नगद रु. ४ हजार र १६५६ रेटेड डाँछी काठमाडौंका अमृत नगरकोटी पाँचौं स्थानमा रहँदै नगद रु. ३ हजार हात पारेका छन्।

शीर्ष दशभित्र खेल अन्त्य गरि पुरस्कृत प्राप्त गर्नेमा क्रमशः १६९६ रेटेड संखु काठमाडौँका रमेशबीर माली, १६७६ रेटेड नवलपरासीका अजिज क्षेत्री, भोजपुरका अन रेटेड विशाल राई, भारतका १६३५ रेटेड एआईएम आलोक प्रियदर्शी तथा भारतकै १६३७ रेटेड आनन्द शेखर परेका छन्।

विधागत तर्फ पुरस्कृत हुनेमा १६ सय रेटिङ तर्फ गोरखाका अपिल गुरुङ, १५ सय रेटिङमा काठमाडौंका दिपन मैनाली, यूवा १६ वर्षमा हर्षवर्धन राठी, यूवा १४ तर्फ अभिलाष भण्डारी, यूवा १२ साहस श्रेष्ठ, भेट्रान ५५ वर्षमाथि पञ्चकुमार साहु उत्कृष्ट बने ।

महिला तर्फ दुई पटकका वोमन नेपाल च्याम्पियन सिन्दिरा जोशी प्रथम तथा नविन खेलाडी तर्फ सुहित मान श्रेष्ठ पुरस्कृत भए।

लगत्तै विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल इको पालनका निर्देशक ई. कृष्णभक्त दुवालले नगद रु. ५१ हजार पुरस्कार वितरण गरेका छन्।

आफ्नो विचार व्यक्त गर्दै नयाँ तथा उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रेटिङ प्रतियोगितामा अनुभव सँगाल्ने अवसर प्रदान गर्न मद्दत पुगेको प्रायोजक समेत रहेका ई. दुवालले धारणा राखे का छन्।

कार्यक्रमका संयोजक एवं आयोजक थापाथली पार्क चेस क्लबका अध्यक्ष सानुराज बज्राचार्यले प्रतिस्पर्धात्मक वातावरण बीच सम्पन्न प्रतियोगिताले नेपाल चेसको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

स्पर्धाका योजनाकार एवं प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाइजुले चेस खेल वृत्तका सबै सरोकारवालाहरुले प्रायोजक पहिचान गरि योगदान पुर्‍याउन आह्वान गर्दै विशेषत नयाँ प्रतिभा पहिचान गर्न तल्लो स्तरका खेलाडीहरू बीच निरन्तर कडा प्रतिस्पर्धा गरिरहनुपर्ने बताए।

थापाथली चेस पार्कको प्राङ्गणमा सम्पन्न दुई दिने प्रतिस्पर्धामा आईए मनोज घिमिरे, फिडे आर्विटर सोराज ताम्राकार, एनए असुन राजकर्णीकार लगायतले योगदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
रणनीति, बुद्धिमत्ता र प्रतिस्पर्धाको संगम: गण्डकीमा विद्यार्थी चेस महोत्सव
विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
ताजा खबर

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास

धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी

धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते

नेपाल इको पानल चेस फर अलको उपाधि भरत धिमालले जिते