हिजो देखि शुरू भएको गोकर्णेश्वर मेयर कप खुल्ला क्लासिक चेस प्रतियोगितामा ४ अंक सहित कृष्ण थापा र पुरुषोत्तम सिल्वाल संयुक्त रूपमा आगाडी छन्।
गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा संचालित बुद्धिचाल प्रतियोगितामा ३.५ अंक सहित दुई जना भारतीय र चार जना नेपाली खेलाडीहरुले पछ्याई रहेका छन् ।

आज भएको चौथो राउण्डमा नेपालका राष्ट्रिय च्याम्पियन रुपेश जैशवाललाई अप्रत्यासित रूपमा १७१२ रेटिङका वणारसी भारत निवासी माज इकवालले रानी बलिदान दिई चेक मेट गरे भने अन्य भारतीय खेलाडीहरुले मिश्रित नतिजा ल्याउन सफल भए।
गोकर्णेश्वर स्थित बौद्ध अन्तराष्ट्रिय विद्यालयमा फाल्गुण १४ गते देखि १८ गते सम्म चल्ने सो प्रतियोगितामा ७ जना भारतीय खेलाडी सहित कुल ९४ जना खेलाडीहरू सहभागी छन्। प्रथम पुरस्कार रू ५१००० सहित कुल दुई लाख पुरस्कार राशी भएको सो प्रतियोगिता प्रमुख अतिथि संसदिय अर्थ समितिका सभापति माननिय सन्तोष चालिसे र पुर्व माननिय कृष्ण राईले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो भने नेपाल बुद्धिचाल महासघका अध्यक्ष हेराकाजी महर्जनको पनि उपस्थिति रहेको थियो।