काठमाडौं । बसुन्धरा धापासी हाइटस्थित धापासी माध्यमिक विद्यालय अहिले काठमाडौँका उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एकको रूपमा स्थापित हुँदै आएको छ। विद्यालयका भव्य कक्षा कोठा, उत्कृष्ट फर्निचर र सकारात्मक वातावरणका कारण यस विद्यालयलाई एक नमुना विद्यालयको रूपमा मान्यता प्राप्त भएको छ।
विद्यालयका प्रधानाध्यापक श्री राम थापाजीका अनुसार, विद्यालयमा अहिले कक्षा आठको बियाली एक्जाम (बीई) परीक्षामा १९८ जना विद्यार्थीहरूले चारवटा फरक फरक विद्यालयबाट सहभागी भएका छन्। यस परीक्षा विद्यार्थिहरूको कक्षागत स्तरको मूल्याङ्कनको लागि महत्वपूर्ण मानिन्छ।
प्रधानाध्यापक थापाका अनुसार “धापासी माध्यमिक विद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूलाई एक सकारात्मक र प्रोत्साहक वातावरणमा शिक्षा प्रदान गर्नु हो। सरकारको विद्यालय भएतापनि, यहाँको वातावरण र शैक्षिक सुविधाहरू अन्य निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालका छन्।”
विद्यार्थीहरूको प्रशंसा
विद्यालयको समग्र वातावरण र शिक्षण व्यवस्थाले विद्यार्थीहरूलाई निकै प्रभावित बनाएको छ। सामुदायिक विद्यालय भएतापनि, यहाँको सफा र आकर्षक फर्निचर, कक्षाका आधुनिक सुविधाहरू र शान्त वातावरणले विद्यार्थीहरूलाई अत्यधिक उत्साहित गरेको छ। विद्यार्थीहरूले विद्यालयको वातावरण र शिक्षण पद्धतिको खुलेर प्रशंसा गरेका छन्।
धापासी माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको छवि बदल्दै उत्कृष्ट शैक्षिक वातावरण प्रस्तुत गरेको छ। यस विद्यालयका विद्यार्थीहरूले यहाँको व्यवस्थापन र शैक्षिक गुणस्तरलाई उच्च मानेका छन्। यसले अन्य सामुदायिक विद्यालयलाई पनि शैक्षिक क्षेत्रमा सुधार गर्न प्रेरणा दिनेछ।
यस विद्यालयका प्रिन्सिपल र शिक्षकहरूको समर्पण र मेहनतले शिक्षाको गुणस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।