महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित जिनियस आई. वि. वर्ल्ड स्कूलद्वारा आफ्नो विविध खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा जुनियर तर्फ ४० जना र सिनियर तर्फ १२ जना गरि ५२ जना विधार्थीहरुको सहभागिता रहेको थियो सो प्रतियोगितामा जुनियर तर्फ क्रमश : सक्क्षम भट्ट, अविशु भुषाल, अभियान राई, सुदर्शन उपाध्याय, अरित महर्जन, प्रियुत अधिकारी, आदर्श विक्रम शाह, विजल कार्की, लक्ष शर्मा र सक्क्षम थापाले क्रमशः पहिलो देखि दशौ स्थान हासिल गर्न सफल भए भने प्रिशिका सारा विष्ट गर्ल्स तर्फ प्रथम स्थान ओगट्न सफल भएकी छिन्। 
त्यसै गरि सिनियर तर्फ अभिनव चापागाई , वजस श्रेष्ठ, सोफेन राई, रेगन के.शी. आरभ भट्ट र सुविन पालिकले क्रमशः पहिलो देखि छेठौ स्थान पक्का गर्न सफल भए।
प्रतियोगिताका विजेता खेलाडीहरुले पदक तथा प्रमाणपत्र प्राप्त गरे । हाल लोकप्रियतामा चुलिरहेको बुद्धिचाल प्रतियोगिता आफ्नो विद्यालयमा पनि गर्न पाउँदा खुशी लागेको र यस्तो प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्ने विद्यालयका अध्यक्ष नविन कुमार जोशीले बताउनुभयो। विधार्थीहरुको बौद्धिक क्षमता विकाशको साथै अनुशासन पनि यस खेलबाट सिकाउने भएकोले अपरिहार्य रूपमा यस विद्यालयले अगालेको बताउनुभयो। यस विद्यालयले विद्यार्थीहरूको पढाईको साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराई उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिइरहेको विद्यालयका प्रिन्सिपल शिरिष श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिताका कोअर्डिनेटर राजेन्द्र कुंवर, प्रतियोगिता सुपरभाईजर विनोद खत्री तथा प्रमुख निर्णायक हरि कृष्ण श्रेष्ठले बुद्धिचाल खेलबारे प्रकाश पार्नुभएको थियो।