गल्छी गाउँपालिका–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

धादिङ, वैशाख २६ – धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार एक विशेष समारोहको आयोजना गरी प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले वडालाई बालमैत्री घोषणा गर्नुभएको हो।

__________ बिज्ञापन____________

 

अध्यक्ष खतिवडाले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले तयार पारिएको ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८’ र ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९’ अन्तर्गतका ५१ वटा सूचक र तहगत चरणहरू पूरा गरेकाले वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाले दीर्घकालीन रणनीति अनुसार बालमैत्री वडाहरू निर्माण गर्दै आएको बताउँदै यसअघि वडा नम्बर १ र २ पनि बालमैत्री वडा घोषणा भइसकेको स्मरण गराउनुभयो।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले पालिकाले बाल संरक्षण, विकास, सहभागिता र संस्थागत संरचना सुदृढीकरणमा विशेष प्राथमिकता दिएको र क्रमिक रूपमा अन्य वडाहरूलाई पनि बालमैत्री घोषणा गरिने जानकारी दिनुभयो।

 

वडा अध्यक्ष हरि प्रसाद खतिवडाले पछिल्लो तीन वर्षदेखि वडा नं. ७ ले गुरुयोजना तयार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको र त्यसैको परिणामस्वरूप यो उपलब्धि हासिल भएको प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभयो। उहाँका अनुसार जिल्ला अनुगमन समितिको स्थलगत अनुगमन तथा प्रतिवेदनका आधारमा यो घोषणा गरिएको हो।

 

समारोहमा सहभागी सम्पूर्ण व्यक्तिहरूले बालअधिकारप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सामूहिक हस्ताक्षर गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामाश्रय यादव, प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामा, पत्रकार महासंघका जिल्ला अध्यक्ष सिताराम अधिकारी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको विशेष आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन